काठमाडौं । ठुलो संख्यामा नेपालीहरु भएको यूएईमा २ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीहरु फेला परेका हुन् । योसहित यूएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ ।

सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना यूएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका १ सय ७ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर १ लाख ११ हजार ४ सय ८९ जना सो भाइरसबाट संक्रमित भएका छन् ।

यस अघि अष्ट्रलिया अध्यनका लागि गएका एक नेपालीमाथि कोरोना भाइरस भेटिएको छ । यो सँगै संक्रमित नेपालीहरुको संख्या ३ भएको छ । यसबाट बच्नका लागि व्यक्तिगत सरसफाईसँगै भिडभाडबाट बच्ने हात नमिलाउने देखि लिएर साबुन पानीले पटकपटक हात धुने गर्नुपर्छ । सबैभन्दा महत्वपुर्ण कुरा आत्मबल बलियो बनाउँनुपर्छ ।

सम्बन्धित खबरहरु