मान्छे हुन् मान्छेले औकात देखाउछन्

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार २७ फाल्गुण, २०७६

हेर्दै जाउ तमासा दिनरात देखाउछन् ।
मान्छे हुन् मान्छेले औकात देखाउछन् ।।

फुट्छन्, लड्छन, मर्छन् त्यस्सै लाटाहरु ।
बाठ धर्म, क्षत्र र जात देखाउछन् ।।
मान्छे हुन् मान्छेले औकात देखाउछन् ।।।

झरी खेपेको यो ज्यानलाई तर्साउन ।
उनिहरु रिमझिम वर्षाद देखाउछन् ।।
मान्छे हुन् मान्छेले औकात देखाउछन् ।।।

मै हुँ भन्ने रुख नि झुक्छन् सलामीमा ।
सुनामीलाई यहाँ झारपात देखाउछन् ।।
हेर्दै जाउ तमासा दिनरात देखाउछन् ।।।
मान्छे हुन् मान्छेले औकात देखाउछन् ।।।।

राहादानी थमाइ भनिन् प्यारीले ।
छिमेकी महंगा सौगात देखाउछन् ।।
मान्छे हुन् मान्छेले औकात देखाउछन् ।।।

कलियुगको अनमोल (अनमोल पन्थी) कक्षा ११

सम्बन्धित खबरहरु