काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाका छिमेकीहरुले वि स्फोट प्र करणमा मुख खोलेका छन् । भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा भएको श क्तिशा ली ब म वि ष्फोटपछि भुकम्प आएको छिमेकीहरुले प्रतिकृया दिएका छन् । ब म वि ष्फोटका कारण घरको पर्खाल र रेलिङ भत्किएको छ भने अन्य केही घरहरुमा पनि क्षति पुगेको छ ।

 

बाँस्कोटाका छिमेकी कपिलदेव घिमिरेको घरमा पनि ब मले क्ष ति पुगेको छ । ब मले घिमिरेको चार तला माथिको ढोका उप्किएको छ । सिसा पनि ब मले फु टेको छ । साथै घरको प्ला स्टर गरेको पि ल्लर चर्किएको छ । घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यान पनि क्ष तिग्रस्त भएको जानकारी दिइएको छ । छिमेकी घिमिरेले छोराछोरीहरुसहित घरमै खाना बनाइरहेको बेला ठूलो आवाजसहित भु इँचालो आएको जस्तो अनुभुति भएको जानकारी दिएका छन् ।

ब म वि ष्फोटका कारण बाँस्कोटाका छिमेकी त्र सित देखिन्छन् । बाँस्कोटा लामो समय देखि बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् । उनी मन्त्री बनेदेखि नै ओली निवासमा बस्दै आएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चारमन्त्री पदबाट राजीनामा दिएका थिए ।

 

वि स्फोट प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । विप्लव नेतृत्वको नेकपाले घटनाको जिम्मेवारी लिएको छ । उक्त पार्टीले जारी गरेको पर्चामा अहिलेको ७० करोड लगायत विभिन्न कमिसन प्रकरणमा नाम जोडिएको भन्दै कारवाही गरिएको बताइएको छ । पर्चामा रहेका मुख्य १० बुँदाहरु तल हेर्नुहोस

भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?

१, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३, १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।

५, मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।
६, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७, नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।

८, राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९, आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०, देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु