एउटी नारीको इज्जत अर्की नारीमाथि भर पर्छ । उसले हेर्ने नजर र उसले गर्ने व्यावहार माथि भर पर्छ । पुरुषलाई दोषलागाउनु त त्यो हाम्रो सोच मात्र हो । पुरुषलाई त एक नारीले अर्को नारीलाई गलत देखाउन र पुरुष संगको सम्बन्ध टुक्र्याउने माध्यम मात्रै बनाएका हुन्छन् । आमालाई माया गर्ने छोरो बिहे पछि श्रीमतीले लगाएका अनेक थरी कुराहरूले फेरिन्छ ।

 

जन्म दिने आफ्नी आमालाई बृद्ध आश्रममा लागेर छोड्न सक्ने सम्म हुन्छ । श्रीमतीलाई माया गर्ने श्रीमान आमाका नानाथरी कुराहरूले गर्दा सात जनम संगै हुने संगै जिन्दगी बिताउने भनेर ल्याएकी श्रीमतीलाई शारीरिक र मानसिक च रम या तना दिएर आ त्मह त्या ग र्न बाध्य बनाउँछ ।

सम्बन्धहरूलाई जोड्ने र टुक्राउने घरलाई स्वर्ग बनाउने वा एक अर्कोको मन मस्तिष्कमा शंका जगाउने र सम्बन्धमा आगो ल गाउने सबै नारीको हातमा हुन्छ । त्यसैले हरेक नारीमा नम्रता, ममता, सहनशीलता र व्यावहारिकता हुनु पर्छ । जुन घरमा एक नारीले अर्को नारीको सम्मान र इज्जत गरेका हुन्छन् । त्यो घरमा सधै खुशी फुलेको हुन्छन् हरेक सम्बन्धहरू प्रिय र प्रगाढ हुन्छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

अण्डा र झण्डा अभियान साथसाथ : पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । ‘उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो ।

नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा समेत ध्यान पु¥याउने भएकाले नियमित गर्भ जाँच गराउनेलाई गाउँपालिकाले अण्डा उपहार अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिनुभयो ।

अभियानबाट गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा जानेको सङ्ख्या बढ्न थालेको पाइएको छ । संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि अण्डा र झण्डा अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ । यस कार्यक्रमको लागि गाउँपालिकाले रु चार लाख रकम विनियोजन गरेको जनाइएको छ । “अझै पनि महिला स्वास्थ्य संस्थामा जान हिचकिचाउने पनि यदाकदा छन्, उनीलाई नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउन बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो ।

गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको छ । गर्भवती महिला स्वास्थ्य संस्थामा नै गर्भ परीक्षणका लागि पुगेपछि रु ३५० बराबरको अण्डा दिन थालिएको छ । स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलालाई प्रतिव्यक्ति रु दुई हजार ५०० रकम प्रोत्साहनस्वरुप दिने गरेको रुप्से स्वास्थ्यचौकीका प्रमुख यमबहादुर चिदीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु