विराटनगर । कुनै पनि रोगको लक्षण बाहिर देखिनुभन्दा अघि नै पत्ता लागेमा छिटो निदान गर्नु सकिन्छ । त्यसमापनि महिलाको शरीर अत्यन्तै संवेदनशील छ । २५ बर्ष नाघेपछि, बच्चा जन्माएपछि त महिलाको शरीर झनै संवेदनशील हुन्छ । यसैले अनिवार्य चेकजाँच गराउँनु पर्छ । अन्यथा पश्चताप हुनेछ ।

 

स्वास्थ्य सामान्य अवस्थामा छ कि छैन, रोग लाग्ने सम्भावना वा त्यसको जोखिम भविष्यमा के कति छ भनेर थाहा पाउन गरिने विभिन्न स्वास्थ्य परीक्षणको समूहलाई नै ‘होलबडी’ चेकअप भनिन्छ । अहिले मधुमेह, रक्तचाप, हृदयघात, स्ट्रोक जस्ता दीर्घकालीन रोगहरू बढ्दै गएको छ ।

१६ देखि २५ वर्षको उमेर समूहलाई बालबालिका र जेष्ठना गरी जसरी छिटै रोगले समाउँदैन । तर, वंशाणुगत रोग भएमा, केही समस्याहरू देखापरेमा जाँच गराउनुपर्छ । रोगहरू लाग्ने सम्भावना धेरै हुने हुँदा ५० वर्ष कटेका व्यक्तिहरूले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनु पर्छ । महिलाहरूको पनि उमेर अनुसार जाँच गराउँनुपर्छ । पुरुषको तुलनामा महिलाहरू कमजोर हुने तथा हर्मोन परिवर्तन, काम र तनाव पनि अत्याधिक हुने हुँदा महिलाहरूले अन्य परीक्षणका साथै मूख्यगरी प्रजनन स्वास्थ्य स्थितिको जाचँ गर्नु आवश्यक हुन्छ ।

 

शारीरिक जाँचबाट कुनैपनि रोग सुरुआती चरणमै पत्ता लगाएर उपचार गर्न सकिन्छ । महिलाहरूको होलबडी जाचँ गर्दा मधुमेह, रक्तचाप, कोलेस्ट्रोल, थाइराइड जस्ता अन्य सामान्य जाँचका साथ प्रजनन स्वास्थ्य, क्यान्सर, एच.पि.भि, डि म्बग्रन्थिको क्यान्सर, गर्भाशयको क्यान्सर, पा ठेघरको समस्या, महिनावारीको समस्या, महिनावारी सुकेपछिको समस्या, हड्डीको समस्यालाई होलबडी जाचँ गर्दा समावेश गर्नुपर्छ । पुरुषको तुलनामा महिलामा बढी स्वास्थ्य समस्या हुँदा महिलाको होलबडी जाचँ गर्दा महगों पनि पर्न आउँछ । यो सन्देश सबै महिला दिदि बहिनी र उनीहरुका सरोकारवाला व्यक्तिसम्म पुग्नेगरी सेयर गर्न नभुल्नुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु