काठमाडौं । आजको विश्वमा सबै मानिसहरु सफलता चाहान्छन् । यस संसारमा, सबै चीज उर्जा संगै संचालित हुन्छन् । हाम्रो वरपर भएको वातावरणले सकरात्मक ऊर्जालाई कायम गर्न सहयोग गर्दछ । जब हामी कुनै पनि काममा सकरात्मक हुन्छौ तब हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौ । वास्तुशास्त्रले ऊर्जा नियन्त्रण गर्न र सकरात्मक उर्जा कायम राख्न धेरै उपायहरू छन् । वास्तुशास्त्रका अनुसार त्यहाँ केहि सुझावहरू छन् जुन तपाईले लगातार गरेर खुशी र समृद्धि प्राप्त गर्न सक्नुहुन्छ ।

रंग जीवनमा सकारात्मक संचारको प्रतीकको रूपमा लिइन्छ । रंगोली तिहार र शुभ अवसरहरूमा घरको ढोकामा बनाइन्छ, त्यस्तै गरी, लक्ष्मीको आशीर्वाद लिन घरको ढोकामा हरेक दिन रंगोली बनाउन नबिर्सनुहोस् । के तपाईं धूप बाल्नुहुन्छ रु घरमा कपूर धुप बालेर धुवाँ घरभरि फैलाउनुपर्छ । हरेक कोठा र प्रत्येक कुनामा गन्धको धुवाँ पुर्याउने प्रयास गर्नुहोस् । यस कारणले गर्दा, सकरात्मक उर्जा घरमा रहन्छ ।

 

यो कुरा अनौंठो लाग्न सक्छ, तर वास्तुशास्त्रमा, दाहिने खुट्टा सकारात्मक उर्जासँग सम्बन्धित छ । यस अवस्थामा जहाँसुकै तपाईं घर वा अफिस जानुहुन्छ । तब पहिले तपाईंको दाहिने खुट्टाको पाइला हुनुपर्छ । पोछा लगाउँदा फोहोर पानी प्रयोग गर्नुहुँदैन । यो दिमागमा राख्नुपर्दछ कि यो फोहोर पानी घर वा बाथरूममा कहिले पनि राख्नु हुँखैन । घर सफा गरेपछि त्यस्ता पानीलाई घरबाट बाहिर फालिदिनु पर्छ । फेरि त्यो पानी नल्याउन कोसिस गर्नुहोस् ।

 

भोकालाई रोटी दिनु नै सब भन्दा ठूलो पुण्य मानिन्छ । यस तरीकाले जनावारलाई रोटी दिंदा घरमा सकारात्मक भावना उत्पन्न हुन्छ । घरको छानामा पानी चराहरूको लागि राख्नुहोस् र घर बाहिरका जनावरहरूको लागि पनि पानी राख्नुहोस् । -महत्वपुर्ण जानकारी, वास्तुशास्त्रमा आधारित यो लेख पाठकहरूको चासो अनुरुप लेखिएको हो । हामी यस परिणामको सत्यता पुष्टि गर्दैनौं ।–सम्पादक

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु