एजेन्सी । संसारमा यति धेरै किताबहरु छन् कि जुन पढेर कहिल्यै सकिदैन । किताबमा रमाउने मानिसहरु सायदै कमै भेटिने गर्छन् । तर किताब पढ्ने व्यक्ति र नपढ्ने व्यक्तिमा निकै फरक पाइन्छ । किताब पढ्ने व्यक्तिले हरेक कुराको सजिलै तर्क दिन सक्छ भने किताब नपढ्ने व्यक्तिलाई तर्क दिन एकदमै कठिन हुने गर्छ । किताब पढेपछि धेरै कुराहरुको ज्ञान पनि प्राप्त हुने गर्दछ ।

नियमित किताब पढ्ने व्यक्तिको आयु पनि लामो हुन्छ । Social Science र Medicine मा २०१६ मा प्रकाशित एक अनुसन्धानको नतिजाले यस्तै बताउछ । किताब पढ्ने व्यक्ति आफ्नो स्वाथ्यलाई कसरी तन्दुरुस्त राख्ने र आफ्नो दिमागलाई कसरी ताजा राख्ने भन्ने कुरामा जानकारी योग्य हुन्छन् ।

अनुसन्धानमा ३६ सय व्यक्तिको पढ्ने बानीमाथि अध्ययन गरिएको थियो । अमेरिका स्थित Yale University School of Public Health ले गरेको उक्त अनुसन्धानले दिनहुँ कम्तिमा ३० मिनेट किताब पढ्ने व्यक्तिको आयु २ बर्ष लम्बिन सक्ने बताउछ । त्यस्ता व्यक्तिहरु चाडै मर्ने सम्भावना अरु व्यक्तिको तुलनामा २३ प्रतिशतले कम हुन्छ । तर, पत्रपत्रिका या म्यागजिन पढेर, किताब नै पढ्नुपर्छ ।

अनुसन्धानकर्ता तथा बिशेषज्ञहरुका अनुसार, नियमित किताब पढ़नाले दिमाग सधै सक्रिय रहन्छ, निर्णय गर्ने क्षमता बढ्छ, सकारात्मक सोचमा बृदी हुन्छ, राम्रा बानीको विकास हुन्छ । यसले गर्दा ऊ मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त हुन सक्छ र आयु लामू हुन्छ ।

किताब पढ्दा जिन्दगीमा आउने परिवर्तनहरु

 

  • गरिब, दुःखी, बिरामी, बृद्ध-बृद्धा, भिखारीहरुमा पनि मान्छेहरू देखिन थाल्छन् ।
  • ब'न्दुक र च'क्कु भन्दा ख'तरनाक ह'तियार जिब्रो र शब्द हो भन्ने बुझिन्छ ।
  • आखिरमा चोरले किन चोरी गर्छ भन्ने बुझिन्छ ।
  • कसैबाट गल्ती भएमा उसलाई माफ गर्ने हौसला आउँछ ।
  • कहाँ बोल्नु पर्छ र कहाँ चुप बस्नु पर्छ बुझिन्छ ।
  • आमा-बुबाको मूल्य बुझिन्छ ।
  • ब्रेकअप, छोडपत्र, प्रियजनहरूको मृत्यु जस्ता कुराहरूले जिबन समाप्त हुन्छ भन्ने गलत बुझाई समाप्त हुन्छ । जिबनमा यस्ता घटनाहरू पनि सामान्य लाग्न थाल्छन् ।
  • सामाजिक सञ्जालमा जो मान्छेहरू हँसिलो तस्वीरहरू पोष्ट गर्दछन् बास्तबमा उनीहरू कति दुःखी हुन्छन् भन्ने बुझिन्छ ।
  • प्रेम र काम बासनाको अन्तर बुझिन्छ ।
  • स्वास्थ्य सबै भन्दा अनमोल सम्पत्ति हो भन्ने बुझिन्छ ।
  • यदि सच्चा आचरणको कारण किताब पढ्ने मान्छेहरू हारे पनि उनीहरूमा आत्महत्याको बिचार दिमागमा आउँदैन ।
  • जो संग करौडौंको सम्पत्ति हुन्छ उनीहरूको गरिबी र जो दैनिक १००-२०० रूपैयाँ कमाउँछन् उनीहरूको समृद्धि देखिन्छ ।
  • जिबनमा शिक्षाको महत्व बुझिन्छ ।
  • फिल्ममा नाटक गर्ने कलाकार त सबैले देख्दछन् तर दैनिक बास्तबिक जिबनमा धेरै मान्छेहरूले त्यो भन्दा राम्रो नाटक गरिराखेका हुन्छन् १ यो तथ्य केवल धेरै किताब पढ्ने अनुभबी मान्छेहरूले मात्र पहिचान गर्न सक्छन् ।
  • धेरै किताब पढ्ने मान्छेहरूलाई केबल एउटा मात्रै जातको बारेमा थाहा हुन्छ त्यो हो, मानबता ।
  • हारेका मान्छेहरूलाई प्रेरित गर्नाले उनीहरूले फेरी जित्न सक्छन् यो अध्ययनशील मान्छेहरूलाई थाहा हुन्छ ।
  • यस धरतीमा १ प्रतिशत मान्छेहरू असल हुन्छन् र १ प्रतिशत मान्छेहरू खराब हुन्छन् । बचेका ९८ प्रतिशत हामी सबै मान्छेहरू मात्र उनीहरूको अनुयायी हौं । केही मान्छेहरू असल मान्छेहरूको अनुकरण गरेर असल बन्दछन् र केही मान्छेहरू खराब मान्छेहरूको पछि लागेर खराब बन्दछन् । यो तथ्य अध्यनशील मान्छेहरूलाई थाहा हुन्छ ।
  • अध्ययनशील मान्छेहरूले अरूमाथि हिलो छ्याप्दैनन् बरू समय (समयमा आफ्नो चश्मा सफा गर्दछन् ।

सम्बन्धित खबरहरु