काठमाडौ । अहिले फेसबुकमा यो तस्वीर भाइरल सेयर भइरहेको छ । उनले बोकेको नागरिकतामा भैरब जङ्ग पाण्डे नाम गरेका यी ब्यक्ति अटोमा आऊने क्रममा कैलालीको मोहाना पुल नजिक एक्कासी बेहोस भए ।

बेहोस उनलाई सेती प्रादेशिक अस्पताल लगियो । अस्पताल पुर्याऊदै पुर्याऊदै ज्यान गयो ।

साथमा मोबाइल वा घर परिवारको कुनै सम्पर्क पाईएन । उहाको नागरिकतामा जन्मस्थान नुवाकोट रहेको छ । उलाई चिन्नुहुने व्यक्तिसम्म पुर्याउन सेयर गरिदिनुहोला ।

चिन्ने व्यक्तिले सेती प्रादेशिक धनगढी कैलाली अस्पतालमा सम्फर्क राख्नु होला र आफन्तलाई पनि खबर गरिदिनु होला । यस्तो सन्देश खुबै सेयर भइरहेको छ । तपाई जो कोहीपनि यसलाई सेयर गरेर सहयोग गरिदिनुहोला सन्देशमा भनिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

रगतको अभाव हुँदा बिरामी समस्यामा परे क्रिपया रक्तदानका लागि सम्पर्क र सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । रक्तदानका कार्यक्रम नभएपछि यहाँका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई रगतको अभाव हुन थालेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम वढ्दैगएपछि रक्तदानका कार्यक्रम नै कम भएका हुँदा रगतको अभाव देखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले जिल्ला प्रशासन कार्यालयले जमघटका कार्यक्रम स्थगित गर्न आह्वान गरेसँगै रगतको समस्या परेको बताउनुभयो । सभा, सम्मेलन र जमघटका कार्यक्रम नगर्न अनुरोध भएपछि जिल्लामा आयोजना गर्न लागिएका १० वटा रक्तदानका कार्यक्रमसमेत स्थगित भएका छन् ।

विद्यालय, विभिन्न सामाजिक सङ्घसंस्था लगायतका वार्षिकोत्सवमा हुने रक्तदानका कार्यक्रम वार्षिकोत्सवसँगै स्थगित हुँदा रगत सङ्कलन गर्न कठिन परेको सभापति न्यौपानेले बताउनुभयो ।

“रक्तदान कार्यक्रम नहुँदा बिरामी र बिरामीका आफन्तले स्रोत भर्नामार्फत सङ्कलन भएको रगतले मात्रै यहाँका अस्पतालमा रगत उपलब्ध गराउनुपरेको छ”, उहाँले भन्नुभयो ।

जिल्लाका अस्पतामा रातो रगतसँगै सेतो रगतको माग पनि हुँदै आएको छ । भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँगै जिल्लाका अन्य साना अस्पतालमा हुने नियमित शल्यक्रियमा समेत रगत पु¥याउन नसकिएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ ।

अहिले रक्तदाता स्वंयसेवी संस्थालेसमेत रक्तदाता जुटाउन समस्या परेको जनाइएको छ । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगत आवश्यक पर्ने गर्दछ । कार्यालयले चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायत जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गरेको थियो । ती जिल्लामा समेत रक्तदान नहुँदा रगतको मागअनुसारको पूर्ति गर्न कठिन भएको केन्द्रले जनाएको छ ।

जिल्लामा माग हुने रगतमध्ये सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका बिरामीलाई जाने गर्दछ । यसका साथै भरतपुरको सरकारी अस्पताल, दुई निजी मेडिकल कलेज र निजी अस्पतालमा रगत आवश्यक पर्दछ ।

 

सम्बन्धित खबरहरु