काठमाडौं । केपी ओली नेतृत्व सरकारका एक मन्त्रीले २५ करोड बार्गेनिङ गरेको विषय अहिले फेरी चर्चामा आउँन थालेको छ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले घुस मागेको भन्दै तत्कालीन सचिव गजेन्द्र ठाकुरले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए । उक्त बार्गेनिङको अडियो अहिले बालुवाटार पुगेको छ ।

 

यसले बालुवाटारमा खैलाबैला मच्चिएको छ । पार्टी भित्र हंगामा सुरु भएको छ । अडियो बालुवाटार पुगेपछि मन्त्री मगर तनावमा रहेकी छिन् । यसैले उनले सचिवलाई मिलाउन विभिन्न कसरत गरिरहेकी छिन् । केही दिन अगाडी उनको सचिवालयबाटै सचिव र मन्त्रीबीच केही कटुता छैन । बाहिर आएका सबै खबर हल्ला मात्र हुन् भनेर सचिवलाई नै बोल्न लगाएर समाचार पठाइएको थियो । उनी निकट मिडियाले उक्त समाचार प्रकाशन समेत गरेका थिए ।

त्यसपछिपनि मन्त्रीले सचिवलाई मिलाउँ विभिन्न कसरत गरिरहेको बुझिएको छ । सचिवले हंगामा गरेपछि उनलाई अर्कै मन्त्रालयमा सरुवा गरिएको थियो । मेलम्ची खानेपानी आयोजना निर्माणका लागि इटालियन ठेकेदार कम्पनी सीएमसीसँग मन्त्री मगरले २५ करोड रुपैयाँ माग गरेको र सो नदिएपछि नेपालबाट लखेटिएको त्यतिबेला समाचारमा आएका थिए । मन्त्रीले घुस रकम माग गरेको अडियो टेप आफूले सार्वजनिक गर्ने भन्दै अहिले पूर्वसचिव ठाकुरसमेत तानिएका छन् । यो विषयले उग्र रूप लिँदै गएको छ ।

 

खानेपानी मन्त्रालयमा सचिव रहँदा मन्त्रीसँग विवाद भएको र त्यसपछि उनलाई जगेडामा राखिएपछि उनले मन्त्री बिना मगरले २५ करोड रुपैयाँ घुस मागेको र त्यसको अडियो आफूसँग रहेको भन्दै सार्वजनिक गर्ने ध म्की’ दिएका थिए । उक्त अडियो बालुवाटर पुगिसकेपछि अहिले मन्त्री र सचिव दुबै तानिएका छन् । आवेशमा आएका बेला उनले अडियो अरुलाई दिएका थिए । उक्त अडियो सचिवले लुकाउन खोज्लापनि बालुवाटार पुगेको छ ।

 

स्रोतका अनुसार मन्त्री विना मगरले मागेको अडियो टेपबारे प्रधानमन्त्री निवास बालुवाटारले सूक्ष्म रूपमा अनुसन्धान थालेको छ । यदि त्यसमा कुनै कैफियत भेटिएमा तत्काल उनको मन्त्री पद जाने निश्चित छ । किनभने सेक्युरिटी प्रिन्टिङ प्रेसमा बिचौलिया विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडियो टेप लिक भएसँगै प्रधानमन्त्री केपी ओलीका अति विश्वासपात्र सञ्चारमन्त्री गोकुल बास्कोटाले पदबाट राजीनामा दिनुपरेको थियो ।

 

नेकपाभित्र अहिले फेरि अर्को घुसकाण्डले मन्त्रीको जागिर जाने भो भन्ने चर्चा सुरु भएको छ । नेकपामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको टकरावको चपेटामा खानेपानीमन्त्री मगर पर्ने सम्भावना पनि उत्तिकै छ । प्रचण्डले आफूलाई पदबाटै हटाउन भित्रभित्र खेल खेलेको प्रधानमन्त्री ओलीको बुझाइ छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु