स्प्राईट लगाउँ, प्यास बुझाउँ


काठमाडौं । स्प्राईटले समर क्याम्पेन “स्प्राईट लगाउँ, प्यास बुझाउँ” को टिभीसी सार्वजनिक गरेको छ । गर्मीको आगमनसँगै स्प्राईटले उपभोक्ताहरुलाई शीतल राखेर घामको तापमा पनि स्प्रष्टसंग सोच्न सक्ने अल्टिमेट रिफ्रेसरको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ । नयाँ टिभीसीमा स्प्राईटकै ब्राण्ड एम्बेसेडर अनमोल केसी रहेका छन् । यो विज्ञापन हाम्रो दैनिक अवस्थाको वरिपरि रहेर बनाइएको छ जहाँ हामी सार्वजनिक यातायातमा आपत्तिजनक व्यक्तिहरुको सामना गर्छौ जो कोलाहपूर्ण र देखावटी गर्ने स्वभावका हुन्छन्, जसले सबैको सवारीलाई अप्रिय र असहनीय बनाउँदछ ।

टिभीसीको शुरुवातमा गर्मीको दिनमा पसिनाले धेरै भिजेका अनमोल केसी बस स्टपमा बस पर्खिरहेका हुन्छन् । अनमोल बसमा चढ्छन् र एउटा मात्र खाली रहेको सिटमा बस्न लागिरहँदा एक जना आपत्तिजनक मानिसले उसलाई धक्का दिएर आफू बस्छ । पहिले नैै बस एकदम भीड थियो त्यसमाथि गर्मी पनि थियो, तर, त्यो मानिसको असभ्य व्यवहारले अझ बढि असहनिय बनाइरहेको हुन्छ ।

 

उसले बसको सहचालक सहित सबैलाई दिक्दार बनाउँदै एसीको माग गरिरहेका हुन्छन् र मौसमको बारेमा गुनासो गरिरहेका हुन्छन् । जब उसको व्यहोराले सबैको पारो ततायो, अनमोल केसीले आफूलाई चिसो स्प्राईटले शान्त बनाए । त्यसपछि अनमोलले असभ्य मान्छेलाई हेरे र तीक्षण तरिकाले स्प्राईटको बोतल देखाउँदै “हाम्रो एसी” भनेर उद्घृत गरे । असभ्य मान्छे आश्चयचकित भयो र अनुहारमा असजिलोपन महशुस गर्दै बस्यो ।

टिभीसीका बारेमा कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भन्नुभयो, “हामी सबैले चुनौतिपूर्ण व्यक्तिहरु भेटेका हुन्छौं जसले कहिलेकाहिँ हाम्रो धैर्यताको जाँच गर्दछन् । स्प्राईट जहिले पनि एक रिफ्रेसिङ्ग पेय पदार्थको रुपमा परिचित छ जसले हामीलाई शान्त राख्न मद्दत गर्दछ । तसर्थ जब परिस्थीतिमा समस्या उत्पन्न हुन्छ र हाम्रो धैर्यताको जाँच हुन्छ, तब चिसो स्प्राईट पिउनुहोस् र आफुलाई शान्त राख्नुहोस् ।”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले भर्खरै जारी गर्यो अत्यन्त जरुरी सूचना, अब परीक्षा नहुने !
विद्यार्थी र विद्यालयका लागि शिक्षामन्त्री पोखरेलको अपिल
विद्यालय सञ्चालन सम्बन्धमा शिक्षा मन्त्रालयले सबै स्थानीय सरकारलाई पठायो यस्तो पत्र [पत्रसहित]
एसईई नतिजा बारे राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ पछिल्लो जानकारी
सिटिईभिटिको पाठ्यक्रम र योग्यता संशोधन [सूचनासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता