काठमाडौं । महानगरीय प्रहरी बृत्त गौशालाले कु'टपि'टमा संलग्न ३ जना युट्युवरलाई पक्राउ गरेको छ । पुण्य गौतम नाम गरेका ब्यक्तिलाई हा'तपा'त गरेको र ल'छारप'छार गरेको अभियोगमा उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको गौशाला प्रहरी वृत्त प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । कु'टपि'ट र ल'छारपछा'रमा संलग्न युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेतलाई पक्राउ गरिएको डिएसी सिंहले बताए । उनीहरुमाथि प्रमुख जिल्ला अधिकारीले हेर्ने अ'भद्र ब्य'वहार अन्तर्गतको मुद्धा दर्ता गरिएको छ ।

केहीदिन अघि युट्युवरहरुको समूहले पुण्य गौतम नाम गरेका ब्यक्तिलाई आ'क्रमण गरेको भिडियो युट्युवमा सार्वजनिक भएको थियो । आ'क्रमणकारीहरु पत्रकार हुन् वा युट्युवर हुन् यसबारे अनुसन्धान गरिरहेहेको प्रहरीको भनाई छ । पछिल्लो समय कतिपय युट्युवरले आफूलाई पत्रकार दावी गर्दै घरायसी घर झगडाको भिडियो बनाएर युट्युवमा अपलोड गर्दै आएका छन् । सामुहिक रुपमा युट्युवर किन यसरी कु'टपि'टमा उत्रिए यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु