बाबुरामको भारतीय विस्तारवादसँग सम्बन्ध रहेको वैद्यको आरोप

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १५ पुस, २०७१

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले जनयुद्धका सहयात्री डा. बाबुराम भट्टराईमाथि संगीन आरोप लगाएका छन् । डा. भट्टराईले ‘नियोजितरुपमा भारतीय विस्तारवादका लागि काम गरिरहेको’ वैद्यको आरोप छ । ‘बाबुराम नियोजितरुपमा भारतीय विस्तारवादसँग जोडिएका छन्,’ राजधानीमा सोमबार सम्पन्न राष्ट्रिय भेलामा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिँदै वैद्यले भने- ‘प्रचण्ड नियोजितरुपमा जोडिएका त छैनन्, तर घुमाई-फिराई जोडिएका छन् ।’ एमाओवादीसँग पार्टी एकताबारे छलफल चलिरहेका बेला माओवादी अध्यक्ष वैद्यले प्रचण्ड र बाबुरामका सम्बन्धमा यस्तो टिप्पणी गरेका हुन् । आफूहरुले प्रचण्डलाई तान्न खोजेको तर उनको दोहोरो भूमिका देखिएको भन्दै वैद्यले संसद छाडे पनि प्रचण्डलाई श्विास गर्न नसकिाने बताएका छन् ।

प्रचण्डले एमाओवादी पार्टीको नेतृत्व बाबुरामलाई दिन लागेको भन्दै वैद्यले असन्तोष प्रकट गरेका छन् । पाँचवटा माओवादी समूहवीच कार्यगत एकता भए पनि प्रचण्डले पीडीएविरुद्ध वक्तव्यमा अहस्ताक्षर गर्न नमानेका कारण कार्यगत एकता पनि सकिएको वैद्यले बताएका छन् । राष्ट्रिय भेलामा करिब एक घण्टा बोलेका वैद्यले एक मधेस प्रदेशको कुरा गरिरहेका मात्रिका यादवलाई सम्हाल्न गाह्रो रहेको बताएका छन् । मणि थापाले ह्युगो चाभेजलाई क्रान्तिकारी भनेकोमा वैद्यले गुनासो गरेका छन् । नेकपा एकीकृतका रामसिंह श्रीस समूहसँग भने लाइन मिलेको वैद्यले बताएका छन् ।

सम्बन्धित खबरहरु