काठमाडौ । अहिले विश्वभरी कोरोना भाइरसको त्रास उच्च छ । ५ हजारभन्दा माथी मानिसको ज्यान गइसकेको छ । लाखौ मानिस संक्रमित भइरहेका छन् । कोरोना जस्ता भाइरस सर्ने माध्यम एक अर्काको स्पर्शबाट भएको भन्दै अहिले विश्वभरी नै हात मिलाउँने चु'म्बन गर्ने आलिङगन गर्ने परम्परा पूर्ण रुपमा ठप्प छ । एक अर्कालाई सम्मान वा स्वागत गर्दा सबैभन्दा उपयुक्त नमस्कार नै भएको भन्दै विश्वभरी नै नेपाली संस्कार नमस्कार फैलिरहेको छ ।

यसैले अहिले नेपाली नमस्कार ग्लोबल कल्चर बनेको छ । गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारत सरकारले स्वागतका लागि नमस्ते ट्रम्प नामको कार्यक्रम नै आयोजना गरेको थियो। यसलेपनि यो प्रभाव झनै बढेको छ । हिन्दुहरुको संस्कार नै नमस्ते हो । नेपाल देखि भारतसम्मका सबै हिन्दुहरु नमस्कार नै गर्दथे । पछि मात्र हात मिलाउँने परम्परा आएको हो ।

भारत आएका बेला ट्रम्पले पनि दुई हात जोडेर गुजरातको अहमदाबादमा भेला भएका हजारौँ जनतामाझ हाँसेर नमस्ते गरे । तर त्यसबेला सम्म भारतमा कोरोना भाइरसको संक्रमण फैलिसकेको थिएन । जब विश्‍वभर कोरोना भाइरसको संक्रमण अनियन्त्रित रुपमा फैलन थाल्यो । यही कारण हात मिलाउनेहरु पनि धमाधम नमस्ते गर्न थाले । अन्ततः विश्वभर नमस्ते कल्चर नै फैलियो ।

हाल विश्‍वका प्रभावशाली नेताहरुमाझ भेटघाटका बेला हात मिलाउनुको सट्टा नमस्ते गर्ने शैली अभ्यस्त भइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण सर्नसक्ने भन्दै हात मिलाउनु जोखिमपूर्ण हुने चेतावनी दिएपछि नेपाल, भारत लगायत पूर्वीय हिन्दू सभ्यतामा प्रचलित नमस्ते गर्ने चलन लोकप्रिय बनेको हो ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोँ, स्पेनी राजा फेलिप पाचौँ र रानी लेतिजिया, आइरिस प्रधानमन्त्री लियो बरादकार, बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायत नेताहरुले नमस्ते गरिरहेका तस्बिर भाइरल बन्दैछन् । पाश्चात्य शैलीमा हात मिलाउने चलन प्रचलित भए पनि पूर्वीय हिन्दू सभ्यतामा सदियौँदेखि नमस्ते कल्चर नै स्थापित छ। अब कोरोना भाइरसले पाठ सिकाएको छ । विश्वभरी नेपाली नमस्ते कल्चर फैलिएको छ । यही स्थापित हुने पक्का छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कोरोना सङ्क्रमण नहोस् भन्ने कामना गर्दै ट्हो त्हेँ पूजा : – झण्डै एक हजार वर्ष अघि तमुको ऐतिहासिक राज्य क्होलासोंथरमा महामारी हुँदा जनधनको क्षति भएछ । राज्यमा सन्त्रास बढेछ । तमु धर्मगुरुको सामूहिक प्रयासमा ‘ट्हो त्हें पूजा’ को धार्मिक अनुष्ठान गरिएछ । महामारी अन्त्य भए छ । यी ऐतिहासिक कुरा तमु समुदायका बूढापाका बताउँदछन् । उक्त अनुष्ठान सो समूदायमा अहिले पनि प्रचलनमा छ ।

 

तमु सम्बद्ध सङ्घ संस्थाले अहिले पनि समाजमा सुख, शान्ति र समृद्धिको कामनासहित सामूहिकरुपमा सो पूजा गर्दै आएका छन् । तमु प्ये ल्हु सङ्घका केन्द्रीय महसचिव हर्क गुरुङका अनुसार ट्हो त्हें पूजा भन्नाले गाउँले पूजा भन्ने बुझाउँछ । गाउँघरमा अहिले यो पूजाआजा गरेपछि रोगव्याधिबाट मुक्त हुने, लगाएको अन्नबाली जोगाउने एवं सम्पूर्ण प्राणीजगत रक्षा हुने विश्वास कायमै रहेको उहाँले बताउनुभयो ।

 

ट्हो त्हेँ गुरुङ समुदायको मौलिक संस्कृति भएको बताउँदै उहाँले समग्र प्राणि जगत्को हितका लागि गरिने यो संस्कृतिको ठूलो महत्व रहेको उल्लेख गर्नुभयो । “हजार वर्षभन्दा अघि तमुको राज्य क्होलासोथरमा भएको महामारी रोक्नका लागि ट्हो त्हेँ गरिएका कारण पनि तमुले यो पूजा अत्यन्त श्रद्धापूर्वक गर्ने गर्दछन्”, उहाँले भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमणसँगै विश्वव्यापी त्रास बढिरहेको वर्तमान अवस्थामा यस प्रतिको विश्वास र आस्था झनझन बढिरहेको छ ।”

 

कोरोना महामारीले विश्व नै त्रसित बनेको अवस्थामा यसबाट मुक्ति मिलोस् भन्ने उद्देश्यका साथ तमु प्ये ल्हु सङ्घ केन्द्रीय समितिले पोखरामा यही चैत ४ गते ट्हो त्हेँ पूजा गर्ने भएको तमु प्ये ल्हु सङ्घ कास्कीका प्रथम उपाध्यक्ष निम गुरुङले जानकारी दिनुभयो । तमु समूदायमा पच्यु, क्ल्हेप्री र बोन्पो लम गरी तीन किसिमका खेगी(धर्म गुरु) रहन्छन् । जन्मदेखि मृत्यु संस्कारका साथै विभिन्न चाडपर्व तथा संस्कृतिमा तीनै प्रकारका धर्मगुरुको आआफ्नै महत्व रहने तमु संस्कृतिका जानकार बताउँछन् ।

 

उपाध्यक्ष गुरुङका अनुसार सङ्घले प्रत्येक वर्ष चैतको पहिलो मङ्गलबार तीनवटै खेगी राखेर पोखरामा ट्हो त्हें पूजा गरिँदै आइएको छ । यस वर्षको ट्हो त्हें पूजामा करिब ५० तमु धर्म गुरुले विधिवत पूजाआजा गर्ने उहाँले जानकारी दिनुभयो । यस वर्ष ट्हो त्हेँ शुरु गर्न गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट अक्षता तथा पानी ल्याई यज्ञमा राखिने आयोजकले जनाएको छ । ट्हो त्हेँमा प्रत्येक घरबाट सत्बीज ल्याई पूजा गरिने चलन रहेकाले सद्बीज ल्याई विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणको रोकथामसहित आफन्तजनको जीउ, धन रक्षाको लागि पूजामा सहभागी हुन सङ्घले आग्रह गरेको छ ।

 

क्होलासोंथरबाट हजारौ वर्ष अघि शुरु भएका संस्कार तथा संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि पनि यस किसिमका कार्यक्रमलाई सङ्घले प्राथमिकतामा राखेको महासचिव गुरुङ बताउनुहुन्छ । तमु समुदायका प्राचीन इतिहास एवं संस्कृतिलाई जगेर्ना गर्ने लक्ष्यका साथ क्होलासोंथरमा विभिन्न अध्ययन अनुसन्धान बढाइएको छ ।

 

२०५८ सालमा क्याम्ब्रिज युनिभर्सिटी, प्ये ल्हु संघ र पुरातत्व विभागको संयुक्त प्रयासमा गरिएको उत्खननबाट त्यहाँ एक हजार २०० वर्षभन्दा अघिदेखि बस्ती विकास भएको पाइएको थियो । अध्ययन अनुसन्धानको क्रम जारी रहेको बताउँदै महसचिव गुरुङले गण्डकी प्रदेश सरकार, क्याम्ब्रिज युनिभर्सिटी र प्ये ल्हु सङ्घले त्यसको थप अध्ययन गर्ने तयारी गरेको बताउनुभयो ।

सम्बन्धित खबरहरु