काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। निरन्तर उकालो लागेको सुनको भाउ शु्क्रबार तीन हजारले घटेको छ । बिहीबार ८१ हजार ५०० रुपैयाँमा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ । बुधबार सुन तोलाको ८२ हजार ३ सय रुपैयाँ कायम गरिएको थियो। चाँदीको मूल्यमा पनि आज घटेको छ । आज असली चाँदीको मूल्य ८२० रुपैयाँ कायम भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सयपत्रीमा रमाउँदै थापा दाजुभाइ
पवित्रा घिमिरे / व्यावसायिक फूलखेती पाल्पाको रामपुरमा फष्टाउँदै गएको छ । रामपुर नगरपालिका–४ देवीस्थानमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका दिलबहादुर थापा तथा लालबहादुर थापाले बेमौसमी फूल खेती समेत शुरु गरेका छन् । शहरीरुपमा विकास हुन थालेको पाल्पाको पूर्वी भेग रामपुरमा पछिल्लो समय भारत लगायत छिमेकी देश र अन्य जिल्लाबाट फूलको आयात हुने गरेकोले यसलाई निरुत्साहित गर्दै व्यवसाय थालेको व्यवसायी दिलबहादुरको भनाइ छ ।

 

विवाह, अन्य मेला, महोत्सव र विविध सार्वजनिक कार्यक्रममा सयपत्री फूलको मालाको माग बढेकाले फूलखेती बेमौसमीरुपमा पनि गर्न थालेको उहाँले बताउनुभयो । हाम्रो आधुनिक कृषि फर्म सञ्चालन गरी केही वर्ष पहिलेदेखि मौसमी बेमौसमी तरकारी खेति थालेका थापा दाजुभाइले पछिल्लो समय फूलको परीक्षण गरे पछि राम्रै हुने अनुभव लिएका छन् । गएको तिहारमा पनि फूलको गुच्छा, माला नारायणघाट, बुटवल, पोखरा, स्याङ्जा, तनहुँ र पाल्पाका विभिन्न स्थानमा बिक्री गरेर राम्रै आम्दानी भएको लालबहादुरले बताउनुभयो । बेमौसममा झन बिक्री हुन्न कि भन्ने चिन्ता भए पनि रामपुरमा सञ्चालित महायज्ञलगायत विभिन्न कार्यक्रम, विवाहमा फूल खरिद गरेकाले राम्रै बिक्री भएको थियो ।

 

करिब साढे ११ रोपनी जग्गामा कृषि फर्म सञ्चालन गरे पनि करिब दुई रोपनी जग्गामा फूलखेती सञ्चालन गर्नुभएको दिनबहादुरले बताउनुयभयो । मागअनुसार पु¥याउन नसकिएको उहाँको भनाइ छ । सयपत्री फूलका कारण माटोलाई फाइदा हुने र किराले समेत नखाने हुँदा तरकारीभन्दा खेती गर्न गर्न सजिलो हुने उनीहरुको भनाइ छ । करिब १५ सय बिरुवाको उत्पादन बिक्री भइरहेको र अन्य थप ६०० बिरुवा रोपिसकिएको छ ।

 

“अब विवाह तथा प्रेमदिवसका अवसरमा गुलाब फूलको समेत माग भएकाले त्यसको खेती गर्ने सोच छ”, दिलबहादुरले भन्नुभयो । गत तिहारमा करिब रु एक लाख ५० हजार फूलबाटै मात्र आम्दानी भएको र यसपालि मेमौसममा रु तीन लाखसम्म आम्दानी हुने आशा दाजुभाइको छ । प्रतिमाला रु १०० र प्रतिकेजी फूलको रु ४०० मा बिक्री हँुदै आएको छ । यसअघि वैदेशिक रोजगारीमा गएका युवाले नेपालमै पनि मेहनत गरे प्रतिफल राम्रो हुने विश्वास गरेका छन् ।

सम्बन्धित खबरहरु