काठमाडौ । केही दिन देखि खराब भएको मौसमले कपिलवस्तुमा भयानक असर देखाएको छ । हावाहुरीसँगै आएको असिनापानीले बानीनालीमा ठूलो क्षति पुगेको छ । शुक्रबार दिउँसो एक्कासी हवाहुरीसँगै परेको पानीले मकैं, गहुँजस्ता अन्नबाली र आँप, लिचीजस्ता फलफूल र तरकारी बालीमा क्षति पुगेको स्थानीयले जानकारी दिएका छन् । पहिला परेको पानीले गहुँ बालीमात्र क्षति पुर्‍याए पनि हिजोको असिना पानीले सबै बालीनालीमा क्षति पुगेको किसानहरुले दुःखेसो गरेका हुन् । यति मात्रै होईन पानीले ईटा उद्योगहरुमा पनि नसोचेको क्षति पुगेको छ ।

सम्बन्धित खबरहरु