काठमाडौ । विश्वभर कोरोना भाइरस फैलिरहेको छ । कोरोना भाइरसको लक्षणपनि रुघाखोकी, ज्वरो र जीउ दुख्ने भनिएको छ । योसँग यतिबेला मौसम बदलिरहेको छ । मौसम बदलिएसँगै मौसम फ्लूका समस्याहरुपनि बढिरहेका छन् । रुघाखोकी, ज्वरो वा जीउ दुख्नासाथ कोरोना पो लाग्यो की भन्ने सोचेर कमजोर बन्दा क्षति भइरहेको छ ।

 

यसैले हामीले स्वास्थ्य विज्ञसँगको परामर्शमा कोरोना भाइरस र मौसमी रुघाखोकीबीचका केही भिन्नता तपाई पाठकका लागि पस्किएका छौ । किनकी कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो । तर कोरोना, मौसमी रुघाखोकी र सामान्य रुघा तीनैथरी हावामा उड्ने नाकमुखका छिटा र संक्रमित सतहबाट सर्ने गर्छन् ।

कोरोनाभाइरस अचानक लाग्छ । लक्षणहरूमा ज्वरो, सुक्खा खोकी, मांसपेशीमा पीडा र थकान पर्छन् । संक्रमित केही व्यक्तिहरूलाई टाउको दुख्ने र खोक्दा रगत निस्कने पनि हुन्छ अनि कसैलाई त डायरिया पनि हुन्छ । कोभिड–१९ हुर्किने समय एकदेखि १४ दिन हुन्छ र कहिलेकाहीँ २४ दिनसम्म पनि पुग्छ । यो निको हुने प्रक्रिया चाहिँ एकदमै लामो छ । सामान्य कोरोना रहेछ भने दुई हप्तामा निको हुन्छ तर कडा कोरोना लागेछ भने निको हुन ६ हप्तासम्म लाग्न सक्छ ।

 

यसको कुनै विशेष औषधि वा खोप उपलब्ध छैनन् । लक्षणलाई मात्र उपचार गर्ने हो । मौसमी रुघाखोकीको कुरा गर्दा त्यसले कोरोनाभाइरसको झैं लक्षण देखाउँछ स् ज्वरो, सुक्खा खोकी, मांसपेशीको दुखाइ र थकान । अन्य लक्षण घाँटी खसखसाउने, नाक बग्ने र नाक थुनिने हुन् । यो हुर्किने समय एकदेखि चार दिन हो र निको हुन एक हप्ता लाग्छ । अलि कडा भएछ भने पूरै निको हुन दुई हप्ता लाग्न सक्छ ।

 

मौसमी रुघाखोकीको खोप र उपचार दुवै उपलब्ध छन् । सामान्य रुघाखोकी चाहिँ बिस्तारै प्रकट हुन्छ र एक हप्तासम्म बस्छ । लक्षणहरू नाक बग्नेरथुनिने, हाच्छ्युँ आउने र घाँटी खसखसाउने हुन् । हल्का ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने र थकान हुने पनि अन्य लक्षण हुन् । यसको हुर्किने समय दुईदेखि तीन दिन हो तर साह्रो परेमा १० दिनसम्म पनि जान सक्छ । यसको कुनै विशेष उपचार छैन यद्यपि लक्षण देखिएमा केही औषधिहरू उपलब्ध छन् । बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने नाक बन्द भएमा वा बगेमा र हाच्छ्यँ गरेमा कुनै व्यक्तिलाई कोरोनाभाइरस लागेको भन्न मिल्दैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु