सबैको मनमा बसेका साहित्यकार भण्डारी रहेनन्


काठमाडौं । प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण आज निधन भएको छ । उपचारमा रहनुभएका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा आज बिहान ११ः३० बजे निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

 

त्रिभुवन विश्वविद्यालयमा करीब ३८ वर्ष अङ्ग्रजी विषयमा प्राध्यापन गर्नुभएका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका रुपमा स्थापित हुनुहुन्थ्यो । विश्व र नेपाली साहित्यका ज्ञाता एवं बौद्धिक व्यक्तित्वका धनी भण्डारी अङ्ग्रेजी, नेपाली र संस्कृत भाषामा दख्खल राख्नु हुन्थ्यो । उहाँ निबन्धकार, पत्रपत्रिकामा स्तम्भकार र मिलनसार साहित्यकारका रुपमा चिनिनुहुन्थ्यो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उहाँका मृगस्थली, रोटी, फुललगायत चार निबन्ध सङ्ग्रह प्रकाशित छन् । साहित्य र समसामयिक विषयमा एफएम रेडियोमा उहाँ प्रवचन दिने गर्नुहुन्थ्यो । पुख्र्यौलीघर डोटी रहेका साहित्यकार भण्डारी प्रजातान्त्रिक विचारप्रति आस्था राख्नुहुन्थ्यो । उहाँका दुई छोरा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com