काठमाडौ । चर्चित अभिनेत्री आँचल शर्मा विवाह बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी उदिप श्रेष्ठसँग विवाह गरेकी हुन् । डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले बिहीबार विवाहमा परिवर्तन गरेका हुन्। हिन्दू परम्परा अनुसार आँचल र डा. उदिपले बुढानिलकण्ठस्थित होटल पार्क भिलेज रिसोर्टमा विवाह गरेका हुन्। आफन्त, साथीभाई र सिमित चलचित्रकर्मीको उपस्थितिबीच उनीहरुले विवाह गरेका हुन्। विवाहका तस्वीर आँचलले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छिन्। उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै विवाहलाई विशेष बनाउन साथ दिने सम्पूर्णलाई धन्यवाद पनि दिएकी छिन्।

https://www.facebook.com/malliya.dawadi/posts/1301216523407402

गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए। उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन्। आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिसकिएको छ । चलचित्र नाई न भन्नु ल ४’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी आँचलले छोटो समयमै दर्शकको मन जितेकी थिइन्। उनका पति चिकित्सक डाक्टर हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु