काठमाडौं । शनिबार यहाँ परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा क्षति पु¥याएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको तल्लो भेगका बूढीगङ्गा,बडीमालिका नगरपालिका सहित अधिकांश स्थानीय तहका अन्न बालीमा करिब एक घण्टा बढी समयसम्म परेको असिनापानीले नष्ट पारेको छ । पाक्न लागेको गहुँ, पाकिसकेको जौँ र तरकारी बाली नष्ट भएपछि किसान चिन्तित भएका छन् ।

केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैशीले असिनापानीले के कति क्षति पु¥यायो भन्ने एकीन नभएको बताउनुभयो । त्रिवेणी नगरपालिका–३ का वडाअध्यक्ष मीन भण्डारीले असिनापानी गहँुबालीलाई नराम्रो क्षति पु¥याएको बताउनुभयो । किसानको खेतमा हेरी सुस्केरा हाल्नुबाहेक केही नभएको दुखेसो छ । जिल्लाका अन्य स्थानीय तहमा जेठ र असारसम्म गहुँबाली पाक्ने गरे पनि त्रिवेणी, बूढीगङ्गासहितका स्थानीय तहमा चैतको शुरुमा नै काट्न थाल्ने गरेका छन् । बेँसी र बढी उत्पादन हुने क्षेत्रका रूपमा पनि लिने गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

क्षतिको यथार्थ विवरण सङ्कलन गरी किसानलाई राहतको व्यवस्था गर्न ज्ञान केन्द्रले आग्रह गरेको केन्द्रका निमित्त प्रमुख गोविन्द सिजापतीले बताउनुभयो । उहाँले क्षतिको विवरण सङ्कलन गर्न वडा कार्यालयलाई जुट्न आग्रह गर्नुभयो । क्षतिको यथार्थ विवरण सङ्कलन गरी किसानलाई राहतका लागि पहल गर्ने बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले जानकारी दिनुभयो । कृषि शाखाले प्रत्येक वडामा क्षतिको विवरण सङ्कलन गर्न प्राविधिक टोली पठाउने उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु