काठमाडौं । विश्वका १५२ देशहरुमा फैलिएको कोरोना भाइरसबाट अव देवी देवताले बचाउने भएका छन् । हालसम्मको जानकारी अनुसार विश्वमा १५२ देशहरुमा १ लाख ५६ हजार भन्दा धेरैमा संक्रमित भएर ५ हजार ८ सय भन्दा धेरैको ज्यान लिएको छ । अर्को तिर ७२ हजार ५५० जना निको भएका छन् । यो बीचमा भारतमा एकजना नेताले देवी देवताले बचाउन बयान दिएका छन् ।

कोरोनाको विनाशको कारण विश्वभर डरको वातावरण छ । भारतमा कोरोना बिरामीहरुको संख्या लगातार बढिरहेको छ । धेरै राज्यहरूमा स्कूल र कलेजहरू सिनेमा हलसम्म बन्द गरिएको छ । तर भाजपाका केही नेताहरू छन् जो भगवान भरोसा बसेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

भाजपा नेता कैलाश विजयवर्गीय भन्छन् कि कोरोनाले भारतमा कुनै प्रभाव पार्ने छैन, हाम्रो देशमा ३३ करोड देवीदेवताहरू छन् । यता केन्द्रीय मन्त्री अश्विनी चौबे भगवानले सारा संसारलाई कोरोना भाइरसबाट जोगाउनुहुनेछ भन्ने बयान दिए । भारतमा गौमुत्रबाट कोरोना भाग्छ भन्ने पनि भ्रम धेरैमा पाइएको छ ।

सम्बन्धित खबरहरु