टिकाराम नेति, झापा । झापाको हल्दिवारी गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालयका २ हजार विद्यार्थीका लागि ३ महिना सम्म दिउँसो निशुल्क खाजा प्रदान गरिने भएको छ । खाजाका लागि गाउँपालिकाले २५ लाख रुपैयाँ विजियोजन गरिएको छ । कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयमा विद्यार्थीलाइ दिउँसो पौष्टिक आहारा निशुल्क वितरण गर्न यो रकम छुट्याइएको हो ।

 

हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरिका अनुसार विद्यार्थीहरुलाई विद्यालय जान र पढ्न प्रोत्साहन स्वरुप यो योजना ल्याईएको हो । हुने खानेका छोरा छोरीले दिनको १ सय रुपैयाँ सम्म खाजा खाए पनि गरिवका सामुदायिक विद्यालय पढ्ने विद्यार्थीले भोकै वस्नु नपरोस भनेर आगामी वैखाख १ गते देखि सवै विद्यालयमा खाजाको व्यवस्था गरिएको छ ।

उपाध्यक्ष गिरी भन्छन् पढाउन र हुदा खाने परिवारका बालबच्चालाई लक्ष्यित गरि दैनिक २० रुपैया बराबरको खाजा खाने व्यवस्था यहि चालू शैक्षिक सत्रबाट शुरु गर्न लागिएको हो । उपाध्यक्ष गिरिकै पहलमा शिक्षामा २ बर्षको अवधिमा ७ करोड भन्दा बढी लगानी भइ सकेको छ । हल्दिवारी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहको दयनीय अवस्थाबाट नयाँ नेतृत्व सगै महत्वपूर्ण छलाङ मा रेको उनको दावि छ ।

 

अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन शुरु गरेको छ भने, सबै मावि, आवि र प्राविमा कम्प्यिुटर शिक्षक, इ हाजिर, सिसि क्यामराबाट निगारानी, अङ्ग्रेजी, साइन्स, योग, कवडी, जुरोकराते, फुटबल जस्ता शिक्षकहरुको व्यवस्थापन गरि सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्ने काममा भएको हल्दिवारी गाउँपालिकाले जनाएको छ

शिक्षामा गरेको लगानीको प्रतिफल सरस्वती पुजामा अक्षर आरम्भ गर्ने क्रममा सामुदायिक विद्यालयमा अभिभावकहरुको उपस्थित र ४ सय भन्दा बढी विद्यार्थी भर्नाबाट देखिएको छ । गाउँपालिकाको छैटौं गाउँ सभाबाट पारित गरिएको दिवा खाजा व्यवस्थाले नया शैक्षिक सत्र देखि हुँदा खानेपरिवारका विद्यार्थीहरुको उपस्थित बढ्ने हल्विारीमावीका प्रधानअध्यापाक टंक पाख्रिनको दावी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु