काठमाडौं । विश्व अहिले कोरोना महामारीबाट थलिएको छ । यो बीचमा नेपालमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । आइतबार साँझ पोखरा आसपास केन्द्र भएर भुकम्प गएको अनुमान गरिएको छ । त्यस क्षेत्रका स्थानीयहरुले धक्का महसुस गरेको जानकारी दिएका छन् । यस बारेमा थप जानकारी आएको छैन । जानकारी अनुसार ८ बजेर ४५ मिनेट आसपास भुकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी वर्ष फागुनमा गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भएको बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले प्रतियोगिताको मिति नसर्ने र पूर्वाधार निर्माण तथा खेलकूदको तयारीका काम अघि बढाइएको उल्लेख गर्नुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

राष्ट्रिय खेलकूदका लागि रु ७५ करोडदेखि रु एक अर्बको हाराहारीमा बजेट आवश्यक पर्ने भएकाले सरकारसँग माग गरिएको उहाँको भनाइ छ । स्विमिङ’ र ‘सुटिङ’ बाहेकका अन्य खेलका सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेका बताउँदै पोखरा रङ्गशालाभित्र निर्माण गरिने यी दुई खेल पूर्वाधार निर्माण प्रक्रियासमेत शुरु भएको सदस्यसचिव सिलवालले जानकारी दिनुभयो ।

सुटिङको पूर्वाधारका लागि बोलपत्र आह्वान गरिसकिएको र स्विमिङका लागि डिजाइन तयार भइरहेको बताउँदै उहाँले विदेशी पनि सहभागी हुने गरी २५ बाई २५ को ‘हिटिङ स्विमिङ’ पोखरी निर्माणको योजना रहेको स्पष्ट पार्नुभयो ।

सदस्यसचिव सिलवालले निर्माणाधीन पोखरा फुटबल रङ्गशालाको दर्शक क्षमता आगामी तीन महिनाभित्रमा २० हजार पु¥याउने गरी काम भइरहेको उल्लेख गर्नुभयो । गत वर्ष रु एक अर्ब २८ करोड लागतमा १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट निर्माण गर्ने गरी काम भइरहे पनि यहाँका खेलकर्मीको मागअनुसार क्षमता वृद्धि गर्न लागिएको र लागतसमेत रु २० करोड वृद्धि हुने जानकारी उहाँले दिनुभयो ।

फुटबल रङ्गशालामा ‘स्कोर बोर्ड’ र ‘फ्लड लाइट’को व्यवस्था गर्न आगामी वर्षको बजेटमा योजना समावेश गरेर पेश गरिएको उहाँको भनाइ छ । पछिल्लो समय नेपाली खेलकूदमा पूर्वाधार, लगानी सबै हिसाबले परिर्वतन भइरहेको सिलवालले स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु