काठमाडौं । कालाबजारियाले लुकाएर राखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ । काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो । ती दुई गोदाममा प्रहरीले आइतबार अपरान्ह सिल गरेको थियो । आज बिहान सिल खोलेर गोदामभित्र हेर्दा आठ लाख ४० हजार बराबरको मास्क फेला परेको हो ।

महानगरिय प्रहरी परिसरको टोलीले चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीमा रहेको गोदामबाट ती मास्क बाहिर निकालेको हो । ती मास्क रोहित श्रेष्ठको घरमा रहेको गोदाममा १७५ वटा बोरामा थियो । ती मास्क महानगरीय प्रहरी परिसर टेकु लैजान आठवटा ट्रक चाहिएको थियो । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदाम खोलेर मास्क बाहिर निकालिएको थियो ।

त्यहाँ मास्क लुकाइएको आइतबार थाहा भएको थियो । काठमाडौंको कपनमा एक लाख ६८ हजार थान मास्क सहित अजिम बक मियाँ र सज्जनकुमार रेग्मी पक्राउ परेका थिए । उनीहरुलाई मास्क उपलब्ध गराएका थिए सुरजकुमार गोयल र सुवास महेश्वरीले गोयल र महेश्वरीले । गोयल र महेश्वरी दुवैजना भारतीय भएको जानकारी प्राप्त भएको छ ।

अजिम बक र सज्जनकुमारले उनीहरुसँग मास्क किनेका थिए । बढि नाफा खान पाइन्छ भन्दै प्लाष्टिक पसल चलाउने अजिम बक र फोटो स्टुडियो चलाउने सज्जनकुमारले कालोबजारीमा मास्क किनेका थिए । तर, प्रहरीले उनीहरुलाई फन्दामा पारेको थियो । त्यसपछि प्रहरीले गोयल र महेश्वरीको गोदाम पत्ता लगाएर सिल गरेको थियो ।

बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ । त्यहिँ लगेर मास्क गणना गरिने भएको छ । प्रहरीले बोरा र डब्बा संख्याका आधारमा निकालेको प्रारम्भिक हिसाब अनुसार आठ लाख ४० हजार मास्क बरामद भएको छ । यो संख्या घटिबढि पनि हुनसक्ने थानकोट वृत्तका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हुलाकी राजमार्ग विस्तार गर्न घर भत्काइँदै
हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आफ्नो गाउँपालिकाअन्तर्गत सो राजमार्गभित्र पर्ने घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिनुभयो । सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गर्दा पनि सम्बन्धित घरधनीले अटेर गरेपछि गाउँपालिका आफँैले टहरा हटाउन शुरु गरेको उहाँले बताउनुभयो । “हामीले हुलाकी राजमार्गअन्तर्गत सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गरेका थियौँ”, अध्यक्ष यादवले भन्नुभयो, “तर अटेर गरेपछि गाउँपालिकाले डोजर चलाएर हटाउन शुरु गरेका हाँै ।

 

अहिले सडक विस्तारको काम अघि बढिसकेको जनाइएको छ । “घर टहराले गर्दा राजमार्ग विस्तारमा समस्या हँुदै आएको थियो”, उहाँले भन्नुभयो, “अहिले भने टहरा हटाएपछि राजमार्ग विस्तारमा सहज हुँदै गएको छ ।” जग्गाको मुआब्जा पाएर पनि केहीले घरको मुआब्जा पाउनुपर्छ भन्ने माग राखेकाले पनि यस्तो समस्या आएको थियो । केहीले जग्गा बैंकमा राखेर ऋण लिएकाले पनि मालपोत कार्यालयले जग्गा रोक्का गरेको छ । त्यही कारणले पनि केहीलाई मुआब्जा वितरणमा पनि समस्या हुँदै आएको अध्यक्ष यादवले बताउनुभयो ।

 

सडक निर्माण गर्दा लमहीदेखि कोइलावाससम्मै धेरै समस्या भएको सडक निर्माण कम्पनी कालीका कुमार जेभीका प्रतिनिधि राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । धेरैजसो स्थानमा स्थानीयको अवरोधका कारण निर्माण कार्य ढिलाइ भएको उहाँले बताउनुभयो । “अहिले दाङ खण्डमा निर्माणको काम पूरा गर्ने समय सकिनै लागेको छ”, उहाँले भन्नुभयो, “स्थानीयकै अवरोधकै कारण सडक निर्माण ढिला हुँदै गएको छ ।”

 

लमहीमा पनि भत्काइने

हुलाकी राजमार्गअन्तर्गत लमही नगरपालिका खण्डमा घर टहरा भत्काउने तयारी थालिएको छ । यसका लागि घरको अभिलेख लिने कार्य भइरहेको नगरपालिकाका प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । “हामीले पनि हुलाकी राजमार्गअन्तर्गत सडक मिचेका घरहरु भत्काउने तयारी थालेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि अहिले घरको अभिलेख तयार पार्ने काम गरिरहेका छौँ ।”

 

पूर्व–पश्चिम राजमार्गदेखि लमही बजार हुँदै कोलहीको बगइसोतासम्म सडक मिचेर बनाएका घर भत्काउनका लागि अभिलेख तयार पार्ने काम भइरहेको जनाइएको छ । अभिलेख सङ्कलन गरेपछि सर्वदलीय बैठक बोलाएर घर हटाउने विषयमा छलफल गर्नेसमेत नगरप्रमुख केसीले बताउनुभयो । उहाँले लमही बजार क्षेत्रका धेरैजसो जग्गाधनीले जग्गाको मुआब्जा पाइसकेको र केहीले आफ्नै कारणले पाउन नसकेको जानकारी दिनुभयो । भत्काउने घरको अभिलेख निकालेपछि मुआब्जाको लागि हुकाली राजमार्ग कार्यालय पठाउने र कार्यालयको निर्णयअनुसार काम अगाडि बढाइने प्रमुख केसीको भनाइ छ ।

 

सम्बन्धित खबरहरु