काठमाडौ । कमेडी च्याम्पियनको फाइनल केही विवादित बन्यो । हिमेश पन्त पहिलो कमेडी च्याम्पियन बने । उनी भन्दापनि अरु दुई प्रतिस्पर्धी खड्ग बहादुर पुन मगर र सुमन कोइराला च्याम्पियनका दावेदार थिए भन्ने धेरै दर्शकको ठम्याई थियो । यसैले फाइनल कार्यक्रममा नै केही चर्काचर्की भएको थियो । तर फाइनल भएको केही दिन वितिसकेपछि मात्र सुमन कोइरालाले मुख खोलेका छन् । उनी सामाजिक सञ्जाल फेसबुकमा यसरी व्यक्त भएका छन् ।

कमेडी च्याम्पियन पहिलो सिजनको टप ३ सम्म आइपुग्दा यहाँबाट मैले धेरै कुरा सिक्ने मौका पाएको छु । मेरो करियरको मुख्य खुड्किलोको रुपमा कमेडी च्याम्पियन परिवारले थप हौसला प्रदान गरेको छ । वास्तवमै रियालिटि शोमा सहभागिता जनाउनुमा मुख्य उद्देश्य च्याम्पियनको उपाधि उचाल्नु नै हुन्छ । तर मैले पहिलेदेखि नै भन्दै आएको छु, उपाधि र पुरस्कारभन्दा पनि महत्वपूर्ण सिकाइ र संघर्ष हुन्छ ।

हामी कमेडी च्याम्पियनभित्र रहँदा सहभागीहरुबीच प्रतिस्पर्धी भन्दा पनि साथी र परिवारका सदस्य जस्तो गरी बस्यौँ । कमेडी च्याम्पियनको उपाधि जित्नुहुने हिमेश पन्तलाई धेरै–धेरै बधाई, च्याम्पियन परिवार, निर्देशक, निर्माता, निर्णायक, कन्टेन्ट लेखनदेखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने, सदैव हौसला प्रदान गर्ने च्याम्पियन परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

 

त्यसैगरी च्याम्पियनको ग्रान्ड फिनालेसम्म ल्याइपुर्याउन भोटमार्फत सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद । इटहरी र पूर्वबाट भरपुर रुपमा लागि पर्नुहुने सबैप्रति कृतज्ञ छु । यो स्थानसम्म आइपुग्नुमा यहाँहरुको ठूलो भूमिका छ । यहाँहरुले भोट मात्र होइन, हौसला पनि बढाउनुभएको छ । विदेशबाट भोट गर्नुहुने, भोट माग्न सहयोग गर्नुहुने आफन्त तथा साथीभाइलाई पनि धन्यवाद दिन चाहान्छु ।

भोटसँगै मैले यहाँहरुबाट पाएको साथ, सहयोग, माया र हौसलाले आगामी दिनमा थप मेहनत गर्दै जानेछु । संघर्ष जारी रहनेछ । कुनै माध्यमबाट म यहाँहरुमाझ आइरहनेछु । धन्यवाद ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु