काठमाडौं । यतिबेला विश्व समुदाय कोरोना भाइरससँग ल ड्दैछ । यसबाट अमेरिका पनि नराम्रोसँग प्रभावित भएको छ । यो बीचमा अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको जानकारी दिएको छ । यो चैत ४ गते (मंगलबार) देखि लागू हुने गरि दुतावासले यस्तो निर्णय गरेको छ ।

 

नेपालस्थित अमेरिकी दूतावास महाराजगञ्जले यस्तो जानकारी दिएको हो । उस्ले आफ्नो आधिकारिक फेसबुक पेजमा यसबारे जानकारी दिएको छ । दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं ।’

दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ । यसका साथै, अति जरुसी कारणवश तुरुन्त यात्रा गर्नका लागि आकस्मिक अनुरोधका लागि दूतावासले उपलब्ध गराएको निर्देशनको पालना गर्न अनुरोधसमेत गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रा सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा पुरस्कार स्थापना
प्रा सूर्यप्रसाद सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवाधिकार र विद्यावारिधिसम्बन्धी दुई वार्षिक पुरस्कार स्थापना गरिएको छ । पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवाधिकार कानूनमा सर्वोत्तम अङ्क प्राप्त गर्ने व्यक्ति तथा दोस्रो कानूनमा सर्वोत्कृष्ट विद्यावारिधिको शोधग्रन्थ प्रस्तुत गर्नेलाई प्रदान गरिनेछ ।

आफ्ना नाममा एउटा प्रतिष्ठित विश्वविद्यालयमा यस्ता पुरस्कार स्थापना भएकामा प्रा सुवेदीले प्रसन्नता व्यक्त गर्नुभयो । ती पुरस्कारले प्रा सुवेदीले मानवाधिकार र अन्तरराष्ट्रिय कानूनको विकासमा दिएको विशिष्ट योगदानलाई चिरकालपर्यन्त जीवन्त राख्ने विश्वास गरिएको छ ।

प्रा सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट सन् १९९३ मा विद्यावारिधि हासिल गर्नुभएको थियो । उहाँले अन्तरराष्ट्रिय कानून र मानवअधिकारका क्षेत्रमा असाधारण योगदान दिएको भनी गत वर्ष उहाँलाई अक्सफोर्ड विश्वविद्यालयले महाविद्यावारिधि जस्तो सर्वोच्च उपाधि प्रदान गरेको थियो ।

सम्बन्धित खबरहरु