काठमाडौं । कुनै बेला तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुर राणाले राष्ट्रिय संकटको समयमा कालोबजारी गरेको थाहा पाए मलाई भन्नु पर्दैन, ५ जना साक्षी राखेर सि'ध्याए हुन्छ भन्नु भएको थियो । अहिले नेपालमा कोरोना भाइरस (कोभिड­१९) को डर देखाएर साना हुन वा ठुला व्यापारीहरु आफ्नै दाजुभाई लु'ट्ने खेलमा लागेका छन् । कोरोना सङ्क्रमणको जोखिम रहेका बेला मास्क कालोबजारी हुन थालेपछि नेपाल प्रहरी त्यस विरुद्ध सक्रिय भएको छ । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ ।

उनीहरुबाट १० लाख आठ हजार थान मास्क र बा ७ च ७२६३ नम्बरको गाडी बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई ललितपुर ईमाडोल बस्ने ३० वर्षीय टेकराम श्रेष्ठ, बारा गढीमाई घर भई काठमाडौँ कपन बस्ने ३४ वर्षीय सञ्जय रेग्मी, चितवन रत्ननगर नगरपालिका घर भई काठमाडौँं स्वयम्भू बस्ने २६ वर्षीय अजिम बक्स मियाँ, आरडिजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक काठमाडौँ महानगरपालिका– २३ बस्ने २४ वर्षीय सुरज गोयल र सोही सप्लायर्सका सञ्चालक भारत राजस्थान घर भई काठमाडौँ बागबजार बस्ने ३७ वर्षीय सुवास महेश्वरी रहेका छन् ।

विश्वव्यापी महामा'रीका रुपमा फैलिरहेको कोरोना भाइरस प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न नागरिकलाई अनुरोध भइरहेको समयमा बजारमा दैनिक उपभोग्य तथा औषधिजन्य सामानको कृत्रिम अभाव खडा गरी कालोबजारी भइरहेको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौं कपनस्थित मिलनचोकबाट उनीहरुलाई आइतबार साँझ एक लाख ६८ हजार थान मास्क र सो बेच्न प्रयोग भएको उक्त सवारी साधन बरामद गरेको थियो ।

अनुसन्धानका क्रममा उनीहरुले चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीस्थित घर भाडामा लिई आरडिजी इन्टरनेशनल सप्लायर्सका नाममा गोदाम सञ्चालन गरेको जानकारी प्राप्त भएपछि सो गोदाम आइतबार नै सिल गरिएको थियो । जिल्ला प्रशासन कार्यालय र जनप्रतिनिधिको उपस्थितिमा सिल खोलेर हेर्दा थप आठ लाख ४० हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले रु तीन रुपैयाँ २५ पैसा पर्ने उक्त मास्कलाई रु ३१ रुपैयाँ मूल्यमा बिक्री वितरण गर्न लागेको खुल्न आएको छ । उनीहरुलाई कालो बजारी तथा सामाजिक हित विरुद्धको अ'पराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । यसअघि शुक्रबार र शनिबार पनि प्रहरीले झण्डै दुई लाख मास्कसहित आठ जनालाई पक्राउ गरेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कोरोनाका बिरामीलाई ७५ श्यया बनाइँद्रै
यहाँ कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई उपचार गर्न ७५ श्ययाको आइसोलेसन वार्ड बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा ती वार्ड व्यवस्थापन गर्न लागेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल सञ्चालनमा रहेका १९ श्ययालाई थप गरी २० पु¥याइने, दुई मेडिकल कलेजमा २०-२० श्ययाको छुट्टै कक्ष बनाइने र निजी अस्पतालमा १५ श्यया व्यवस्थापन गरिने छ ।

 

जिल्लामा आएका शङ्कास्पद बिरामीलाई राख्नका क्वारेन्टाइन निर्माणका लागि स्थानको खोजी भइरहेको छ । उहाँले भन्नुभयो, “शङ्कास्पद बिरामीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने ठाउँको खोजीमा छौँ । सम्भवतः छिट्टै टुङ्गिने छ ।”
जिल्ला प्रशासन कार्यालयले सबै चनाखो भएर पूर्वतयारी गर्न आग्रहसमेत गरेको छ । प्रशासनले जिल्लामा भित्रने नाकामा कडाइ गर्न लागेको छ । विदेशी नागरिक प्रवेश गर्न सक्ने नाका भरतपुर विमानस्थल, पर्साको ठोरी हु्ँदै माडी जोड्ने नाकामा जाँचको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

 

पत्रकार सम्मेलनमा सङ्क्रमण हुन नदिन र भइहालेमा आवश्यकतानुसार एम्बुलेन्स प्रयोग गर्न सक्ने गरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रम गर्न लगाइएको, सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिइएको थियो । यस्तै स्वास्थ्यकर्मीलाई अत्यन्त जरुरी कामबाहेक बिदा नबस्न पत्राचार गरिएको, त्रास फैलाउने मनसायले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कारवाही अघि बढाइएको, पारिवारिक भेटघाटबाहेक अन्य जमघटका कार्यक्रम नगर्न निर्देशन दिइएको र कालोबजारी नियन्त्रणका लागि घोषित तथा अघोषित अनुगमनलाई तीव्र बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई शून्य सहिष्णुता अपनाएर कारवाही गरिने प्रशासनले जनाएको छ । बजारमा अहिले माक्सको अभाव भएको भए पनि यसलाई व्यवस्थित गर्नका लागि कार्यालयले सङ्घीय सरकारसँग आग्रह गरेको सो अवसरमा जानकारी दिइएको थियो । नेपालगञ्ज– कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सोमबार बसेको सरोकारवालाको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र व्यवस्थापन समिति गठन गरेको हो । बैठकले नगरप्रमुख डा धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ ।

 

बैठकमा कोरोना भाइरसविरुद्ध पूर्वतयारीका लागि आकस्मिक कोषमा नेपालगञ्ज उपमहानगरपालिकाको तर्पmबाट रु ३० लाख, बाँके जिल्ला समन्वय समितिले रु ३० लाख, कोहलपुर नगरपालिकाले रु २० लाख, छ गाउँपालिकाले रु १०÷१० लाख र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु २० लाख सहयोग गर्ने निर्णय भएको छ ।

सम्बन्धित खबरहरु