बज्यो खतराको घण्टी : कोरोना भाइरसबाट भारतमा फेरी अर्का ब्यक्तिको मृत्यु


काठमाडौ, रासस/सिन्ह्वा । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईको यात्राबाट फर्किएका जनाइएको छ । भारतमा यसअघि दुई जनाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका थिए । कोरोना भाइरसको कारण सङ्क्रमित भई मृत्यु भएको तेस्रो व्यक्ति भारतको पश्चिमी राज्य माहाराष्ट्रका भएका जनाइएको छ ।

गत बिहीबार कोरोना सङ्क्रमित पहिलो व्यक्तिको मृत्यु भएको भारतले घोषणा गरेको थियो । ती व्यक्तिको गत मङ्गलबार कर्नाटकमा मृत्यु भएको थियो । यस अघि मृत्यु भएका दुबै व्यक्ति पनि महिला भएका जनाइएको छ । भारतमा कोरोना भाइरसका कारण हालसमम तीन व्यक्तिको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या १२५ पुगेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कोरोना भइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सबैभन्दा धेरै मृत्यु र सङ्क्रमित हुनेको सङ्ख्या इटलीमा रहेको छ । इटलीमा मङ्गलबार २७ हजार ९८० बिरामी भएकोमा दुई हजार १५८ जनाको मृत्यु भएको छ । बिरामीमध्ये दुई हजार ७४९ जनालाई निको भएको छ भने २३ हजार ६३ जना बिरामी अवस्थामै रहेका छन् । बिरामीमध्ये एक हजार ८५१ जना गम्भीर अवस्थामा रहेका छन् ।

अमेरिकामा सोमबार रातिसम्म बिरामीको सङ्ख्या चार ८०० सय पुगेको छ । पछिल्लो २४ घण्टामा झण्डै एक हजार बिरामी थपिएका छन् । मृत्यु हुनेको सङ्ख्या भने ८५ रहेको छ । तीमध्ये आधाभन्दा बढी वासिङ्टनका रहेको छन् भने न्यूयोर्कमा १० क्यालीफोर्नियामा सात जनाको मृत्यु भएको छ । भारतमा मङ्गलबारसम्म १२५ जना सङ्क्रमित भएका छन् । तीमध्ये १०३ जना भारतीय नागरिक नै छन् भने २२ जना विदेशी रहेका छन् । भारतमा कोरानाका कारण अहिलेसम्म दुई जनाको मृत्युभएको छ भने १३ जना उपचारपछि घर फर्किएका छन् ।

 

दक्षिण कोरिायमा पछिल्लो २४ घण्टामा ८४ जना बिरामी थपिएका छन् । योसँगै कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ३२० पुगेको छ । त्यसैगरी थप छ जनाको मृत्यु भएसँगै कोरियामा कूल मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको अधिकारीले जनाएकाछन् । बिरामी र सङ्क्रमित भएकामध्ये २६४ जना सन्चो भएर घर फर्किएका छन् । फ्रान्समा छ हजार ६३३ जना सङ्क्रमित भएका छन् भने कूल १४८ जनाको मृत्युभएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १२ जनालाई निको भइसकेको छ । बिरामी नै अवस्थामा रहेका छ हजार ४७३ जनामध्ये ४०० जना गम्भीर अवस्थामा रहेका छन् ।

 

अष्ट्रेलियामा कूल बिरामीको सङ्ख्या ४४० पुगेको छ । तीमध्ये ३९ जना पछिल्लो २४ घण्टामा थपिएका छन् भने अहिलेसम्म कूल पाँच जनाको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । अष्ट्रेलियाबाट उडान हुने अन्तरराष्ट्रिय हवाई सेवामध्ये ९० प्रतिशत उडान स्थागित भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रिमत सङ्ख्या २३४ पुगेको छ । तीमध्ये ३४ जना पछिल्लो २४ घण्टामा थपिएका छन् ।

 

इजिप्टमा भने पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको थप ४० जना गरी कूल सङ्क्रमितको सङ्ख्या १६६ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । इजरायलमा स्वास्थ्य परीक्षण गरिएका मध्ये पछिल्लो समयमा थप ८५ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको छ, योसँगै कूल सङ्क्रिमतको सङ्ख्या २९८ पुगेको छ । इराकमा थप एक जनाको मृत्यु भएको छ भने छ जना थप सङ्क्रमित भेटिएका छन् । योसँगै कूल मृत्यु हुनेको सङ्ख्या १० र सङ्क्रमित हुनेको सङ्ख्या १३३ पुगेको छ ।

 

त्यसैगरी इरानमा १४ हजार ९९१, स्पेनमा नौ हजार ९४२, जर्मिनीमा सात हजार २६२, नेदरल्याण्डमा एक हजार ४१३ जना सङ्क्रमित भएको विवरण विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको जनाइको छ । जापानमा कोभिड –१९ बाट ८२१ सङ्क्रमण भएको मङ्गबार जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले मङ्गलबार जानकारी दिएको छ ।

 

स्थानीय समयानुसार मङ्गलबार बिहान १०ः३० सम्म ८२१ जनामा सङ्क्रमण देखिएका छ । जापानमा कोरोना भाइरसको सङ्क्रमणको कारण हाल सम्म ३५ व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुमा टोकियोनजिकको योकोहामामा भाइरसबाट प्रभावित डायमण्ड प्रिन्सेस् क्रूज जहाजमा रहेका व्यक्तिहरुमा पनि समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...