काठमाडौ । स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । मलागास्थित एट्लेटिको पार्ताडा अल्ता युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरिसकेका कोरोना संक्रमित गार्सियाको शनिबार २१ वर्षको उमेरमा निधन भएको हो ।

गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो । लगत्तै उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन् । गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।

कोरोना संक्र’मणले एकै दिन ५०० जनाको मृ’त्यु
कोरोना भा’इरस संक्र’मणका कारण एकै दिन ५ सयभन्दा बढी मानिसको मृ’त्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना सं’क्रमण फैलिएयता आइतबार एकै दिन सबैभन्दा बढी बि’रामीको मृ’त्यु भएको हो। पछिल्लो समय कोरोना भा’इरसको महामारीको केन्द्रबिन्दु बनेको युरोपका तीन देशमा मात्रै आइतबार ४७९ जनाको मृ’त्यु भएको छ। कोरोना भा’इरसका कारण आइतबार एकै दिन इटालीमा ३६८ जनाको मृ’त्यु भएको छ। योसँगै इटालीमा कोरोनाका कारण ज्या’न गु’माउनेको संख्या १८ सय ९ पुगेको छ।

 

यस्तै स्पेनमा आइतबार एकै दिन ९७ सं’क्रमितको मृ’त्यु भएको छ। योसँगै यहाँ कोरोनाका कारण मृ’त्यु हुनेको संख्या २८८ पुगेको स्पेनी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्। यस्तै आइतबारै फ्रान्समा २९ जनाको मृ’त्यु भएको छ। योसँगै फ्रान्समा कोरोना भा’इरसका कारण मृ’त्यु हुनेको कुल संख्या १२० पुगेको छ। यसैगरी बेलायतमा पनि आइतबार एकै दिन १४ जनाको मृ’त्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

 

इटाली, स्पेन, फ्रान्स र बेलायतमा गरी कोरोना सं’क्रमणका कारण आइतबार एकै दिन अहिलेसम्मकै धेरै ५ सय ८ जनाको मृ’त्यु भएको हो। बेलायतमा अहिलेसम्म कोरोना भा’इरसका कारण ३५ जनाको मृ’त्यु भइसकेको छ। गत डिसेम्बरमा चीनको उहान सहरबाट सुरु भएको कोरोना सं’क्रमण पछिल्लो समय चीनबाहिरका मुलुकमा तीव्र गतिमा फैलिरहेको छ। अहिलेसम्म विश्वभर कोरोनाका कारण कूल ६ हजार ६५ जनाको मृ’त्यु भएको छ। तीमध्ये चीनका मात्रै ३ हजार ८५ जना छन्। यस्तै विश्वभरमा अहिलेसम्म सं’क्रमितको संख्या १ लाख ६२ हजार ६८७ पुगेको छ। त्यसमा चीनका मात्रै ८१ हजार ३ जना छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु