काठमाडौं । सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ । आज ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल प्राङ्गणमा टेण्टको व्यवस्था गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार स्वास्थ्यकर्मीले लगाउने पिपिइ नभएकाले सेवा सुचारु गर्न कठिन भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यसैबीच सिन्धुली अस्पतालमा आउने सबैले अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने भएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सावधानीस्वरुप अनिवार्य हात धुनुपर्ने भएको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार अस्पतालमा जानु पूर्व सबैले अनिवार्य रुपमा हात धुनुपर्ने नियम बनाइएको अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयो ।

यस्तै इमरजेन्सी कक्षमा जाने बिरामीका लागि स्यानीटाइजर लगाउनुपर्नेछ । आपत्कालीन सेवा भएकाले त्यहाँ साबुन पानीले हातधुन असम्भव रहेकाले स्यानिटाइजरको व्यवस्था गरिएको हो । सचेत र सावधानी अपनाएमा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने भएकाले अस्पताले यस्तो नियम बनाएको हो ।

सम्बन्धित खबरहरु