काठमाडौं । चीनबाट सुरु भएर विश्वभर फैलिरहेको कोरोना भाइरससँग जुध्न संसार एक ठाउँमा आएको छ । यो बीचमा अलिबाबाका संस्थापक ज्याक माले नेपाल लगायत १० मुलुकलाई मास्क, टस्टिङ किट र भेन्टिलेटर दिने घोषणा गरेका छन् । उनले १८ लाख थान मास्क, दुई लाख १० हजार टेस्टिङ किट र ३६ हजार भेन्टिलेटर, थर्मो्मिटर उपलब्ध गराउने उद्घोष गरेका हुन् ।

एसियाली मुलुकहरु नेपाल, श्रीलंका, अफगानिस्तान, म्यानमार, बंगलादेश, मंगोलिया, माल्दिभ्स, , कम्बोडिया, पाकिस्तान र लावस लाई सहयोग गर्ने उनले ट्विटरबाट जानकारी दिएका छन् । उनले उक्त सहयोग डेलभरी गर्न सहज नभए पनि छिटो भन्दा छिटो उपलब्ध गराउने बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

हालै भारतका ठूला व्यापारी मुकेश अम्बानीलाई पछि पार्दै उनी एसियाकै धनी व्यक्तिमा सूचीकृत भएका थिए । रमाइलो कुरा के भने उनले सहयोग दिन लागेको देशहरुको सुचिमा भारत परेको छैन । उनले यस भन्दा पहिले अमेरिका, इरान लगायत अफ्रिकाका मुलुकहरुमा पनि सहयोग गरिसकेका छन् ।

https://twitter.com/JackMa/status/1241222631895879680?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1241222631895879680&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2020%2F03%2F21%2F327772%2F

सम्बन्धित खबरहरु