काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट बच्नका लागि नेपालले सबै उडान बन्द गरेको छ । सरकारले आजबाट सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । त्यस्तै यसअघि नै सरकारले युरोपका सबै, पश्चिम एसिया, खाडी मुलुक र कोरोना प्रभावित मुलुकका नागरिकको प्रवेशमा रोक लगाइसकेको छ । यो बीचमा सिंगापुरबाट आएको सिल्क एयरमा रहेका नेपाली नागरिकलाई ओरालेर विदेशी नागरिकलाई फिर्ता पठाइने भएको छ ।

शनिबार बेलुका साढे ८ बजे त्रिभुवन विमानस्थलमा नेदरल्यान्डसलगायतका देशका यात्रु रहेको पाइएपछि नेपाली यात्रुलाई ओरालेर बाँकी विदेशी नागरिकलाई फिर्ता पठाउन लागिएको हो । विमानमा रहेका नेपाली यात्रुको ज्वरोलगायतका स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने नपर्ने निर्क्यौल गरिने पनि विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । शनिबार साँझ सिल्क एयरको जहाज केही नेपाली यात्रु र नेदरल्यान्ड्ससहितका विभिन्न देशका नागरिकसहित त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु