काठमाडौं । काठमाडौं उपत्यका लगायत जिल्लाहरुमा हल्का वर्षा सुरु भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका केहि स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको संभावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । थप तल हेर्न सक्नुहुन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०९ गते (आईतबार)

दिउँसोः देशको पूर्वी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

रातीः देशको पूर्वी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी र मध्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

चैत्र १० गते (सोमबार)

दिउँसोः पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

चैत्र ११ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमि पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी पहाडि भू-भागका १-२ स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

अपरान्ह पश्चात देशका केहि स्थानहरुमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको संभावना रहेकोले चट्याङ्गबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

सम्बन्धित खबरहरु