काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबारे अहिले नयाँ अध्यन सुरु भएको छ । यो बीचमा अमेरिकी औषधि तथा खाद्य प्रशासन (एफडीए)ले ४५ मिनेटभित्रै कोभिड–१९ थाहाँ हुने नयाँ विधिलाई स्वीकृत प्रदान गरेको छ । क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ पत्ता लगाउने गरी नयाँ परीक्षण गरेको थियो ।

यस परीक्षणले शनिबारबाट मान्यता पाएको छ । ८ दिनअघिमात्रै स्विस बहुराष्ट्रिय कम्पनी रोचेद्वारा गरिएको कोरोना परीक्षणले स्वीकृत पाएको थियो । रोचेको परीक्षणअनुसार ३ घण्टाभित्र कोरोना पहिचान हुनसक्छ । कोराना परीक्षणमा भइरहेको ढिलाई, गलत परीक्षण र नयाँ परीक्षणका लागि आवश्यक केमिकलको अभाव भइरहेका बेला सेफिडको परीक्षणले ती समस्या चिर्ने अपेक्षा गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यसअघि अमेरिकाले अन्य देशको तुलनामा निकै ठूलो आफ्ना नागरिकको परीक्षण रिपोर्ट सार्वजनिक गरेको थियो । अमेरिकाका केही राज्यमा अहिले ‘ड्राइभ थ्रु टेस्ट’ पनि भइरहेको छन्, दक्षिण कोरियाका अधिकारीले पहिलोपटक यो परीक्षण सुरु गरेका थिए । यसअन्तर्गत ‘ड्राइभ थु्र’ परीक्षण हबमा चालक तथा यात्रुका ‘स्वाब’ को नमूना लिइन्छ र छिट्टै परीक्षण रिर्पोट पनि सार्वजनिक गरिन्छ । सेफिडको टेस्ट आगामी साताबाट अस्पतालहरुमार्फत सुरु हुनेछ ।

सम्बन्धित खबरहरु