काठमाडौं । आज बसेको मन्त्रि परिषद् बैठकले महत्वपुर्ण निर्णय गरेको छ । सरकारले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने जानकारी दिएको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो ।

[caption id="attachment_260617" align="aligncenter" width="1800"] काठमाडौँ, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषदको बैठक । तस्वीरः सौजन्य, प्रधानमन्त्री सचिवालय, रासस[/caption]

विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले यो निर्णय लिएको हो । विश्वव्यापी बनेको कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले उपचार र औषधि सहज बनाउन राहत कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

मन्त्रिपरिषद्ले सरकारको तर्फबाट ५० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले एक महिनाको तलब उपलब्ध गराउने निर्णय भएको छ । सँगै सरकारले कोषमा सहयोग गर्न अन्य सबै इच्छुकलाई आह्वान गर्ने निर्णयसमेत गरको छ ।

सम्बन्धित खबरहरु