काठमाडौं । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको असर नेपालमा पनि देखिएको छ । हालै फ्रान्ुबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना पोजेटिभ देखिएको छ । यो बीचमा ती युवतीको घरमा स्वास्थ्य मन्त्रालयको टोली पुगेका छन् । फ्रान्सबाट कतार हुँदै फर्किएकी १९ वर्षीया युवतीको काठमाडौंस्थित घरमा स्वास्थ्य मन्त्रालयले ४ जना स्वास्थ्य अधिकारीहरुलाई खटाएको हो ।

टोलीले होम क्‍वारेन्टाइनमा बसेका युवतीका अभिभावक र आफन्तसँग छलफल गरिरहेको जानकारी दिएको छ । युवतीको सम्पर्कमा आएका अभिभावक, नातेदार, छिमेकी र साथीहरुबारे जानकारी लिन लागेको हो । सबै जानकारी लिइसकेपछि सरकारले उनको सम्पर्कमा आएका सबैलाई क्‍वारेन्टाइनमा राख्‍ने तयारी गरेको छ । ती युवतीको अहिले उपचार भइरहेको छ । उनको अवस्था सामानय रहेको जानकारी दिइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु