अवैध यौनधन्दामा संलग्न गेस्ट हाउस सञ्चालकसहित तीन जनालाई प्रहरीले विराटनगर– १४ को हिमाञ्चल गेस्ट हाउसबाट पक्राउ गरेको छ । सोमबार साँझ वडा प्रहरी कार्यालयले गेस्ट हाउस सञ्चालक झापाको सुरुङ्गाकी ३८ वर्षीया गीता पाठकसहित तीन जनालाई पक्राउ गरेको हो ।

गेस्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सूचनाका आधारमा चेक गर्न पुगेको प्रहरी टोलीलाई गेस्ट हाउसमा कोही पनि नभएको भन्दै सञ्चालक पाठकले खाली ‘लगसिट’ देखाएकी थिइन्। प्रहरीले उनको भनाइ शंकास्पद ठानेपछि चेक गर्दा एक जोडीलाई रङ्गेहात फेला पारेको थियो । पक्राउ गरिएका तीन जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए । रासस

सम्बन्धित खबरहरु