काठमाडौं । अहिले कोरोना भाइरसको असर यति छ कि ठुलठुला ककलाकारहरु पनि बन्द कोठामा थुनिएका छन् । समय बिताउनका लागि उनीहरु अनेक काम गरिरहेका छन् । यस्तै अहिहले सामाजिक सञ्जालमा भारतीय अभिनेत्री क्याटरिना कैफको एक भिडियो चर्चित भएको छ । यसमा उनले भाँडा माझ्ने सही तरिका सिकाएकी छिन् । क्याटरिनाले भिडियोमा भाँडा माझ्ने सही तरिका बताउँदै भनिन, ‘चुङ्की (घरमा काम गर्ने मान्छे) सेल्फ–आइसोलेशनमा छन्, त्यसैले म र मेरी बहिनी इज्जी (इजाबेल कैफ) ले भाँडा माझ्ने काम शुरू गरिसकेका छौं ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

मलाई लाग्छ कि यो एक पेशेवर ट्यूटोरियल हुनुपर्छ । सुरुमा मैले सोचें कि म प्रत्येक थाली साबुनले माझ्नेछु तर त्यसपछि मैले सोचे यसलाई भाँँडा राख्ने र्याकमा राख्नेछु । मैले सोचे कि सबै भाँडाकुँडाहरू सिंकमा राख्नु राम्रो हुन्छ, केही पानी भरिसकेपछि, त्यसलाई बन्द गर्नुहोस् ताकि पानी बाँकी रहोस् । त्यसपछि भाँडामा साबुन लगाउनुहोस् र पानी चलाउनुहोस् र तिनीहरूलाई एक एक गरेर धुनुहोस् ।’

https://www.instagram.com/p/B-FEZmEBq73/?utm_source=ig_web_copy_link

सम्बन्धित खबरहरु