काठमाडौं । विश्वभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अहिलेसम्म १७ हजार ४५० भन्दा धेरैको ज्यान लिएको छ । विश्वभरबाट ४ लाख भन्दा धेरै संक्रमित हुँदा निको भएर जानेहरुको संख्या १ लाख भन्दा धेरै रहेको छ । एकै दिनमा २१ हजार भन्दा नयाँ संक्रमित फेला परे भने झण्डै एक हजारले ज्यान गुमाए । यो सँगै अहिले अमेरिकामा कोरोना भाइरसका कारण एक नेपालीको ज्यान गएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

पत्रकार सच्ची मैनालीले दिएको जानकारी अनुसार न्युयोर्कमा पहिलो नेपालीको मृत्यु भएको हो । लामो समय देखि अमेरिकामा बस्दै आएका अनिल सुब्बाको मृत्यु भएको हो । अमेरिकामा अहिलेको ताजा जानकारी अनुसार ५८८ जनाको ज्यान गएको छ । वितेको २४ घण्टामा ३५ जनाले ज्यान गुमाएका छन् । संक्रमण पनि अमेरिकामा तिव्र भइरहेको छ ।

https://www.facebook.com/photo.php?fbid=10221824950751338&set=a.10203693200228907&type=3&theater

अमेरिकामा अहिले ४८ हजार ७७८ जना संक्रमित रहेका छन् । एकै दिनमा अमेरिका ५ हजार भन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । विश्वको तुलना गर्दा अमेरिका संक्रमितहरुको तुलनामा तेस्रो नम्बरमा रहेको छ । कोरोनाबाट सबैभन्दा धेरै ज्यान इटलीका जनताले गुमाएका छन् । ६३ हजार ९२७ जना संक्रमित हुँदा ६ हजार ७७ जनाले ज्यान गुमाएका छन् । अन्य बाँकीको उपचार जारी रहेको छ ।

https://youtu.be/kZOdzsGwv3g

सम्बन्धित खबरहरु