बुटवल । साइकल चलाएर नेपाल सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेलाई नेपाल प्रहरीले ‘मुर्गा’ बनाएर सजाय दिएको छ । भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले १२ जनालाई ‘मुर्गा’ बनाएको हो । प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘मुर्गा’ बनाएर बहादुरी देखाएको भन्दै स्थानीयले गुनासो समेत गरेका थिए । तस्वीर बाहिर आएपछि भने सामाजिक प्रयोगकर्ताले प्रहरीले ठिक गरेको प्रतिक्रिया दिइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=E7oLG_LmPPg&t=1085s

सम्बन्धित खबरहरु