काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई तहसनहस बनाइरहेको छ । यसको चपेटामा विश्वको शक्तिशाली राष्ट्र बेलायतपनि छ । त्यहाँ बेलायती राजकुमार चार्ल्सलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार दिइएको जानकारी अनुसार उनकी पत्नी क्यामिल्लालाई भने कोरोना भाइरसको संक्रमण पोजेटिभ नपाइएको बताइएको छ ।

७१ वर्षीय राजकुमार चार्ल्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । वेल्सका राजकुमारलाई कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको बताइएको छ । क्यामिल्लालाई पनि स्कटल्याण्डमा आफ्नै घरमा सेल्फ आइसोलेसनमा राखिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=SC5jLe7_tac&feature=youtu.be

सम्बन्धित खबरहरु