काठमाडौं । आजदेखि नवरात्रि सुरु भएको छ । प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरेर यो उत्सव मनाउने गरिन्छ । यी देवीहरु शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ । आज पहिलो दिन शैलपुत्रीको पुजा गरिएको छ । कोरोना भाइरसका कारण मन्दिरहरु बन्द भएका कारण नवदुर्गाको मन्दिर पुगेर कसैले पनि शैलपुत्रीको पुजापाठ गर्न पाएनन् ।

नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने विश्वास रहेको छ । यस्तै, भोली नवरात्रिको दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रहृमचारिणी हो । यो माता दुर्गाको दोस्रो स्वरूप हो । ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ । यसैले तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो । यी देवीको स्वरूप पूर्ण ज्योतिमय एवं अत्यन्त भव्य देखिन्छ । यी देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ ।

यी देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम वृद्धि हुँदै जान्छ र उसलाई सर्वत्र सिद्धि एवं विजय हात लाग्छ भन्ने विश्वास रहादै आएको छ । पूर्वजन्ममा जब यिनी हिमालयको घरमा छोरीको रूपमा जन्मेकी थिइन्, त्यसबेला नारदको उपदेशले यिनले भगवान् शंकरलाई पतिको रूपमा पाउनको लागि कठिन तपस्या गरेकी थिइन् भन्ने कथन रहेको छ । यस्तो कठिन तपस्याको कारण यिनलाई तपश्चारिणी अर्थात् ब्रहृमचारिणी नामले जानिन्छ । हजार वर्षसम्म यिनले पानी पनि नखाइकन तपस्या गरेकी थिइन् ।

उनको कठिन तपस्या देखेपछि पितामह ब्रहृमाले आकाशवाणीद्वारा भगवान् शिवजी तिमीलाई पतिको रूपमा प्राप्त हुनेछन् भनेर उनको मनोकामना सबै पूर्ण हुने जानकारी दिएका थिए र पछि त्यस्तै भयो पनि । भक्तहरू आफ्नो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्रि पर्वमा नवदुर्गा देवीलाई राँगा, बोका, भेडा, हाँस, कुभिण्डो अथवा पञ्चबलि चढाइ आ(आफ्ना भाकल पूरा गर्ने पनि गर्दछन्। नवरात्रिमा पुजिने नवदुर्गाको स्वरूपहरू यस प्रकार छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=SC5jLe7_tac

सम्बन्धित खबरहरु