काठमाडौं । ‘कोभिड-१९’ को संक्रमण फैलिएसँगै यसबाट जोगिने विषयमा धेरै अध्ययन अनुसन्धान भएका छन् । नयाँ भाइरस भएका कारण यसबाट बच्ने उपाय ठ्याक्कै यही हो भन्ने कसैले पनि एकिन गर्न सकेको छैन । विश्वको स्वास्थ्य सम्बन्धि रणनीति बनाउने, कार्यन्वयनमा सहयोग गर्ने र सबै देशहरुको प्रतिनिधित्व गर्ने विश्व स्वास्थ्य संगठन आधिकारिक निकाय हो । अहिले महामारीको रुपमा फैलिएको ‘कोभिड-१९’ लाई नियन्त्रण र रोकथाम गर्न उसले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

यससँग जुध्ने रणनीति तय गर्ने, जनमानसलाई सही जानकारी प्रदान गर्ने काम पनि गरिरहेको छ । ‘कोभिड-१९’सँग जोडिएर आम मानिसले प्रयोग गर्ने मास्कदेखि लिएर उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीका लागि कस्ता कस्ता व्यक्तिगत सुरक्षा कवच (पीपीई) आवश्यक छ र अवलम्बन गर्नुपर्छ भन्ने विषयमा गत १९ मार्चमा सूचना सामाग्री सार्वजनिक गरेको छ । नेपालमा पछिल्लो समय तीन जनामा कोभिडको संक्रमण पुष्टी हुनु अगावै आम मानिसमा मास्क र आम स्वास्थयकर्मीमा पीपीई अपुग भएको गुनासो आइरहेका छन् । सोही सन्दर्भमा के सबैलाई मास्क र पीपीई आवश्यक छ त ? विश्व स्वास्थ्य संगठनले १९ मार्चमा सार्वजनिक गरेको मापदण्डलाइ हामीले अनुवाद गरेका हौं ।

१ जाँच गर्ने ठाउँ (प्रस्थान गर्ने स्थान) गर्ने कर्मचारीमा प्रत्यक्ष सम्पर्कमा नआई गर्ने पहिलो जाँच

(तापक्रम नाप्ने): कम्तिमा पनि १ मिटरको दूरी कायम गर्ने पीपीईको आवश्यक नभएको

दोस्रो जाँच (कोभिड-१९ लक्षण, ज्वरो आए नआएको तथा यात्राको विषयमा सोधपुछ गर्ने) मेडिकल मास्क तथा पञ्जा

२. प्रतिक्रिया दिंदा (बाहिरी तथा भित्री बिरामीलाई सेवा प्रदान गर्दा) स्वास्थ्यकर्मीहरु प्रत्यक्ष सम्पर्कमा नआई गरिने प्रारम्भिक जाँच कम्तिमा पनि १ मिटरको दूरी कायम गर्ने पीपीईको आवश्यक नभएको

३. परामर्श कक्षका स्वास्थ्यकर्मीहरु श्वासप्रश्वास सम्बन्धि समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गर्ने क्रममा मेडिकल मास्क गाउन पञ्जा आई प्रोटेक्सन (आँखा सुरक्षित राख्ने उपकरण) श्वासप्रश्वास सम्बन्धि समस्या नभएका बिरामीको स्वास्थ्य परीक्षण गर्ने क्रममा जोखिम तथा सावधानी अनुसारको पीपीई आवश्यक

३. बिरामी कक्षका स्वास्थ्यकर्मीहरु प्रत्यक्ष रुपमा कोभिड १९ संक्रमितलाई सेवा दिने क्रममा मेडिकल मास्क गाउन पञ्जा आई प्रोटेक्सन (आँखा सुरक्षित राख्ने उपकरण) तथा फेस मास्क (अनुहार ढाक्ने सामाग्री) कोभिड १९ संक्रमित एरोसोल उत्पादन प्रक्रियाका प्रदर्शन गर्ने क्रममा एन नाइन्टी फाइभ तथा उच्चस्तरका प्रतिरोधात्मक सामाग्री मेडिकल मास्क गाउन पञ्जा आई प्रोटेक्सन (आँखा सुरक्षित राख्ने उपकरण) तथा फेस मास्क (अनुहार ढाक्ने सामाग्री) स्रोतः डब्लूएचओ

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु