धनगढी । फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमित पुष्टि भएपछि संगै आएका धनगढीका युवक सेती अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्। उनी आफ्ना भाईसहित सेती अस्पतालको आईसोलेसनमा भर्ना भएका हुन्। प्रहरीले धनगढीका एक जना युवक सोही जहाजमा आएको थाह पाएपछि खोजी गरिरहेको थियो भने ति युवक भाई सहित आफै अस्पतालमा भर्ना भएका हुन्। फ्रान्सबाट नेपाल आएकी एक युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुलाई प्रहरीले खोजी गरिरहेको छ। सोही जहाजमा कञ्चनपुरका पनि एक जना युवक आएका थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=K9VORKx6zCs

सम्बन्धित खबरहरु