पछिल्लो २४ घण्टामा कोरोनाले छिमेकी मुलुक भारतको अवस्था झनै भयावह बन्यो

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १३ चैत, २०७६

काठमाडौ । नेपाल लगायत विश्वभर फैलिएको कारोना भाइरसले ४ लाख ६८ हजार भन्दा धेरै संक्रमित भएका छन् । अहिलेसम्म २१ हजार २०० भन्दा धेरैको ज्यान गएको छ । यो बीचमा विश्वको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको भारतमा ठुलो डर देखिएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना अहिले नेपाल लगायत देशहरुमा पुगेको छ । भारतमा ज्यान गुमाउनेहरुको संख्या पनि लगातार बढ्दैछ । भारतको मध्य प्रदेशको भोपालमा पहिलो मृत्यु भएको छ ।

 

कोरोनाभाइरस संक्रमणको कारण मध्य प्रदेशमा पहिलो पटक एक जनाको ज्यान गएको हो । उज्जैनमा संक्रमित भेटिएकी ६५ वर्षीया महिलाको बुधवार मृत्यु भयो । हिजो यस महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । २२ मार्चदेखि उनी इन्दौरको एमवाय अस्पतालमा भर्ना भएकी थिइन् । अहमदाबादमा पनि एक ८५ वर्षीया महिलाको ज्यान गएको खबर आएको छ । भारतमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । जानकारी अनुसार ६३१ जना संक्रमित फेला परेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु