काठमाडौं । कोभिड–१९ सङ्क्रमणको जोखिमबाट जोगिनका लागि दाङबाट प्रकाशन हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ । पत्रिकाबाट पनि कोभिड–१९ सर्न सक्ने जोखिमलाई मध्यनजर गरि दैनिक तथा साप्ताहिक पत्रपत्रिका बन्द गरिएका हुन् । ‘लक डाउन’को समयमा ग्राहकसामु पत्रपत्रिका पु¥याउन पनि समस्या हुने तथा पत्रिकाबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा कोभिड–१९ सर्न सक्ने भन्दै पत्रिका बन्द गरिएको सबै पत्रिकाका प्रकाशकले जानकारी गराएका छन् । यहाँ अहिले सात दैनिक पत्रिका प्रकाशित छन्, भने एक दर्जनको हाराहारीमा साप्ताहिक पत्रिका छन् । अहिले सबै पत्रिकाले अनलाइन संस्करणबाट सूचना तथा सन्देश प्रवाह गरिरहेका छन् ।

https://www.youtube.com/watch?v=7Q5qXkdwhXk

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु