काठमाडौं । कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएपछि सिद्धार्थनगरपालिका रुपन्देहीले दैनिक ज्याला मजदूरी गरेर जीविका निर्वाह गर्नेको लगत सङ्कलन शुरु गरेको छ । नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले नगरभित्र रहेका मजदूरको वास्तविक तथ्याङ्क सङ्कलन गरेर उनीहरुको परिवारलाई दैनिक रुपमा आवश्यक पर्ने राशनको व्यवस्थापन नगरपालिकाले गर्नेगरी तयारी थालेको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो ।

कार्यपालिकाको बैठकले कोभिड १९ को कारण देखिएको विपद्लाई व्यवस्थापन गर्न तत्कालका लागि रु ११ लाख ५१ हजारको विपत् व्यवस्थापन कोष स्थापना गर्ने निर्णयसमेत गरेको छ । बैठकले उक्त कोष सञ्चालनका लागि नगर प्रमुख अधिकारी संयोजक रहेको नौ सदस्यीय समिति पनि गठन भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

कोषमा नगरप्रमुखले व्यक्तिगत रुपमा रु २१ हजार, उपप्रमुखले रु १५ हजार र सबै वडाध्यक्षले रु एक हजारका दरले १३ वडाबाट रु १३ हजार सङ्कलन भइसकेको छ । बैठकले नगरमा खाद्यान्न, तरकारी, दूध औषधिलगायत अत्यावश्यक वस्तु जनतालाई सहज रुपमा पु¥याउन प्रत्येक वडामा वडाध्यक्ष र सदस्यलाई समन्वय गर्ने जिम्मेवारीसमेत दिएको नगरका सूचना अधिकारी देवप्रसाद ज्ञवालीले बताउनुभयो ।

https://www.youtube.com/watch?v=-cUlnnFbghc

सीमामा अलपत्र परेका क्वारेन्टाइनमा
लकडाउनको कारण बुधबार बिहानदेखि सुनौलीमा अलपत्र परेका २९ नेपालीलाई नेपाल प्रवेश दिइएको छ । उनीहरुलाई भारतीय सुरक्षा अधिकारीसँग समन्वय गरी नेपाल ल्याइएको र क्वारेन्टाइनमा पठाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहदेव पन्थले बताउनुभयो । उद्धार गरिएकामध्ये यद्योदय दूधनाथ थारु बहुमुखी क्याम्पस फर्साटिकरमा ११ जना राखिएको छ ।

शुद्धोधन गाउँपालिकाले निर्माण गरेको उक्त क्वारेन्टाइनमा उनीहरुलाई १४ दिनसम्म राखिने गाउँपालिकाका प्रवक्ता राजेन्द्र कँडेलले बताउनुभयो । यसैगरी तिलोत्तमा नगरपालिकाको दुर्गादत्त मावि शङ्कर नगरमा बनाइएको क्वारेन्टाइनमा १० जनालाई राखिएको छ । २५ जनाको क्षमता रहेको उक्त क्वारेन्टाइनमा सरकारको मापदण्डानुसार सबै व्यवस्थापन नगरपालिकाले गरेको नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभयो ।

सुनौलीमा अलपत्र परेकामध्ये आठलाई जनता मावि अमुवामा राखिएको छ । उक्त विद्यालयमा सियारी गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको गाउँपालिका अध्यक्ष अयोध्या चौधरीले बताउनुभयो ।

सम्बन्धित खबरहरु