भ्रामक समाचार दिएको भन्दै प्रेस काउन्सिल नेपालले केही अनलाइनलाई कडा कारवाही गर्ने


काठमाडौं । कोभिड–१९ बारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक सूचना तथा समाचार सामग्री सम्प्रेषण गरिएको पाइएको जनाउँदै प्रेस काउन्सिल नेपालले कडा कारवाही गर्ने भएको छ । काउन्सिलले आज विज्ञप्ति जारी गरी कोभिड–१९ ले विश्व नै त्रसित भइरहेको र नेपाल सरकारले विभिन्न आदेश जारी गरिसकेको अवस्थामा सूचना तथा प्रशारण विभागमा दर्ता नै नभएका र काउन्सिललमा सूचीकरणका लागि निवेदन नदिएका केही अनलाइनले संवेदनशीलतालाई रमाइलो विषय बनाएर झुटा समाचार सम्प्रेषण गरेकामा कानूनअनुसार कडा कारवाही गर्ने जनाएको हो ।

 

“सार्वजनिक सूचना, अपिल, पत्राचार तथा फोनमार्फत पटक पटक गरेको आग्रहलाई वेवास्ता गरेका कतिपय सञ्चारमाध्यमलाई गरिसकिएको छ, काउन्सिल यस्ता अनलाइइनमाथि पनि कडा कारवाही गर्न बाध्य हुनेछ”, विज्ञप्तिमा भनिएको छ । केही अनलाइन विदेशमा भएका कोरोना भाइरस सङ्क्रमणका घटनालाई नेपालमै भएको जस्तो गरी शीर्षक राखेर सामग्री राखेको विषय काउन्सिलको स्वअनुगमनबाट देखिन आएको हो । काउन्सिलले आमपत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमित भएर सूचना तथा समाचार सामग्री सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
एसईई, ११ र १२ को परिक्षाको सूचना यसरी आएको रहेछ
एसईई, ११ र १२ को परिक्षा बारे बोल्यो राष्ट्रिय परीक्षा बोर्ड
त्रिविले गर्यो नतिजा प्रकाशित, एक क्लिकमा अनलाइन यसरी हेर्नुहोस्
कोरोनालाई ध्यानमा राखेर त्रिविले जारी गर्यो यस्ता महत्वपुर्ण जानकारी [सुचनासहित]
सरकारको निर्णय मान्दै त्रिविले सबै परीक्षा र पठन–पाठन त रोक्यो तर विदा अर्को वर्ष मिलाउने
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com