काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा आधा दर्जन निजी अस्पतालको कुनै पनि कक्षमा बिरामी छैनन्। आकस्मिक कक्ष खुल्ला गरिए पनि रुघाखोकी र ज्वरोका बिरामीको उपचार गर्न अप्ठ्यारो मान्छन्। हेटौंडाको एकमात्र सरकारी हेटौंडा अस्पतालमा पनि बिरामीको चाप घटेको छ। दैनिक पाँच सयभन्दा बढी बिरामी आउने गरेकोमा हाल दैनिक मुस्किलले एक सय बिरामी आउने गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए।

 

‘हामी मूलगेटमा आउने बित्तिाकै ज्वरो नाप्छौं, अन्य स्वास्थ्य सावधानी अपनाएर मात्र अस्पतालमा प्रवेश गराउँदै आएका छौं’, उनले भने, ‘अत्यावश्यक सेवा लिनेबाहेक सबै बिरामीलाई अहिलेको समयमा नआउन भनेका छौं।’ अस्पतालमा १ सय ८ बेड रहेकोमा २२ बेडमा मात्र बिरामी रहेको पौडेलले बताए। मौसम परिवर्तनका अस्पतालमा कारण अघिल्ला वर्षमा यो सिजनमा रुघाखोकी र ज्वरोको अत्याधिक बिरामी आएका थिए। तर यस वर्ष स्वास्थ्य सतर्कताका कारण त्यस्ता बिरामी न्युन आएको उनले बताए। अन्य निजी अस्पताल बन्द हुँदा आकस्मिक कक्षमा भने बिरामीको चाप अन्य समयमा जस्तै रहेको उनको भनाइ छ।

 

सरकारले निजी अस्पताललाई कुनै निर्देशन नदिएकाले बन्द जस्तै हुन पुगेको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालका अध्यक्ष गोकर्ण पराजुलीले बताए। ‘हामीले आकस्मिक कक्ष खुल्ला राखेका छौं, अरु बिरामी छैनन्’, उनले भने, ‘सरकारले भनेको खण्डमा हामीले सक्ने सेवा दिन तयार छौं।’ हेटौंडामा हेटौंडा सिटी अस्पताल, अर्थोपेटिक अस्पताल, सहकारी अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेका छन्। प्रदेश सरकारले भने हेटौंडाको निजी विद्यालय, पार्टी प्यालेस र सरकारी विद्यालय भवनहरुमा क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माणको काम अघि बढाएको छ।

https://www.youtube.com/watch?v=Rp2ZM4MScFU

 

हेटौंडा ४ स्थित श्रमिक माविमा आइसोलेसन कक्ष निर्माणको काम बुधबारदेखि सुरु भएको छ। ‘हामीले ४० कोठे नयाँ भवन उपलब्ध गराएका छौं, आइसोलेसन निर्माणका लागि आवश्यक सामान ल्याउने काम सुरु भएको छ’, विद्यालयका पीटीए अध्यक्ष ईश्वरी कोइरालाले भने। बागमती सरकारले श्रमिक माविको भवनले नपुगे हेटौंडा अस्पतालमा आईसोलेसन कक्ष निर्माण गर्ने जनाएको छ। ‘पहिलो चरणमा श्रमिक मावि हो, त्यसले बिरामीको चाप थेग्न सकेन भने हेटौंडा अस्पताललाई प्रयोग गर्नेछौं’, सामाजिक विकासमन्त्री युवराज दुलालले भने। आइसोलेसन कक्षमा हेटौंडा अस्पतालले स्वास्थ्यकर्मीको व्यवस्थापन गर्नेछ। अन्नपुर्ण पोस्टमा खबर छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=mz3QlqhsV-k

सम्बन्धित खबरहरु