काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्ले कोरोना भाइरस नाम स्विकार गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङसँग कुरा गरेपछि उनले भन्दै आएको चाइनिज भाइरस हराएको छ । उनले यो भन्दा पहिले पटकपटक विश्व स्वास्थ्य संगठनले दिएको कोरोना नाम अस्विकार गर्दै आएका थिए । उनले यस्लाई चाइनिज अर्थात चिनियाँ भाइरस बताउँदै आएका थिए । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । चीन र इटालीलाई पछि पार्दै अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको हो ।

अमेरिकामा अन्य देशको तुलनामा संक्रमितहरुको संख्या बढ्दै गएको हो । गत वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएको बीबीसीले जनाएको छ । आज भएको छलफलमा दुई देशका राष्ट्रपतिले कोरोना भाइरको रोकथामका लागि वार्ता गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘भर्खर चीनको राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेरै राम्रो प्रयास गरिरहेको छ। हामी सँगसँगै काम गरिरहेका छौं ।’

https://www.youtube.com/watch?v=MpArggGqupY

चीनले अमेरिकालाई पुर्ण रुपमा लकडाउन गर्नुपर्ने सल्लाह दिएको छ । अहिलेको ताजा जानकारी अनुसार अमेरिकामा ८५ हजार ५९४ जना संक्रमित फेला परेका छन् । यो संख्या कोरोना भाइरसको उद्गम स्थल चीनमा भएका संक्रमितहरु भन्दा झण्डै ५ हजार धेरै हो । अहिलेसम्म अमेरिकामा १ हजार ३०० जनाले ज्यान गुमाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://twitter.com/realDonaldTrump/status/1243407157321560071

सम्बन्धित खबरहरु