काठमाडौ । दर्शकबृन्द आज मार्च २७ । सन् १९७७ मा आजैका दिन स्पेनको केनरीद्वीपस्थित चर्चित पर्यटकीयस्थल टेनेरिफमा दुई ठूला जेट ठोक्किदा ५ सय ८३ जनाको मृत्यु भएको थियो । केएलएम फ्लाइट ४८०५ र पान एएम फलाइट १७३६ लस रोडियोस विमानस्थलको रनवेमा ठोक्किएका थिए । जतिबेला केएलए एयरलाइनरले आफ्नो टेक अफ सुरु ग¥यो, त्यतिबेला पान एएम एयरलाइनर पनि रनवेमै थियो र ट्याक्सीवेतर्फ टर्न हुँदै थियो । कुइरोका कारण केएलएले एएमलाई देखेन । दुई विमान ठोक्किएपछि आगलागी हुँदा केएलएमका सबै र पान एएमका अधिकांश यात्रुको मृत्यु भयो । पान एएमका अगाडिपट्टी बसेका ६१ जना भने बाँचे ।

खासमा यी दुबै विमान ग्रान केनरिया विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर, विद्रोहीले गरेको आतंकवादी हमलामा ८ जनाको मृत्यु भएपछि उक्त विमानस्थल बन्द गरेर विकल्पका रुपमा सबै फ्लाइटलाई लस रोडियोस विमानस्थल पठाइएको थियो । क्षेत्रीय विमानस्थल रोडियोसलाई त्यहाँबाट आउने अन्तर्राष्ट्रिय फ्लाइट व्यवस्थापन गर्न समस्या नै थियो, यहाँ एउटै मात्र रनवे थियो र त्यससँग समानान्तर एउटै मुख्य ट्याक्सी वे थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/RshytngjqBg

सम्बन्धित खबरहरु